
डम्मर बुढा मगर
बागलुङ, ११ चैत ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा रहेका पुस्तक पसलहरुको अनुगमन गरेको छ । श्रीस्वस्थानी ब्रत कथाको पुस्तकमा यशु क्रिष्टको विज्ञापन गरेको पाइएको भन्दै प्रधानमन्त्री कार्यालयले पुस्तक अनुगमनको निर्देशन आएपछि बागलुङमा रहेको पुस्तक पसलहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेको नेतृत्वमा हिडेको अनुगमन टोलीले बागलुङ बजारमा रहेका १७ वटा पूजा सामग्री पसल तथा पुस्तक पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनमा प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत विदुर चापागाइँ, पुस्तक तथा स्टेशनरी संघका अध्यक्ष थानेश्वर सुवेदी, उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत युवक श्रेष्ठ, राष्ट्रिय उपभोक्ता, मञ्चका जिल्ला सदस्य जयलाल सापकोटा, पुस्तक तथा स्टेशनरी संघका प्रदेश सचिव धु्रव प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यलयका खरिदार रविन्द्र सापकोट, बागलुङ नगरपालिकाका नायव सुब्बा नरेन्द्र बहादुर केसी र प्रहरी लगायतको उपस्थिती रहेको थियो ।
अनुगमनमा कुनै पनि त्यस किसिमको पुस्तक नभेटिएको प्रशासकीय अधिकृत लामिछानेले बताए ।










