
बागलुङ, १० चैत ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको एक परिवारलाई आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा स्मृति अक्षयकोष स्थापना गरेका छन् ।
भीमापोखराका प्रजापति उपाध्याय, नारायण उपाध्या र टिकाराम उपाध्याले स्वर्गीय माता गौरी उपाध्या र पिता कलाधर उपाध्याको सम्झनामा जनकल्याण मावि भीमापोखरामा ५५ हजार रुपैयाँका ‘कला–गौरी’ स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो ।
उक्त कोषबाट अनाथ, अपाङ्ग, गरिव, जेहेन्दा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने छोरा प्रजापति उपाध्याले बताउनुभयो ।
परिवारले प्रत्येक वर्ष भीमापोखरामा रहेका जेष्ठ कृषक एक जना र संचार तथा सहकारीमा योगदान गर्ने एक जनालाई सम्मान गर्ने गरी गुँहेली संचार सहकारीमा १५ हजार रुपैयाँको कोष स्थापना गरेको गुहँेली संचार सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्वर्गीय माता गौरी उपाध्यायको पहिलो वार्षिकीको पूर्वसन्ध्यामा परिवारले मानव सेवा आश्रम बागलुङलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम स्थानीय मणी शर्माले आश्रमका अभिभावक शिवप्रसाद खडकालाई प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन सूर्य थापाले गर्नुभएको थियो ।










