
बागलुङ, ९ चैत ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित एक परिवारलाई बागलुङका दुई विद्यार्थी संगठनले आर्थिक सहयोग प्रदान गरेका छन् ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखी क्याम्पस इकाई कमिटीले रेशका रेणु कुँवरको परिवारलाई एक लाख २७ हजार ८७५ रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
घरमुली नारायण कुँवरको मृत्यु पश्चात आर्थिक बोझा तथा विचल्लीमा परेको कुँवर परिवारको सहयोगार्थ दुई विद्यार्थी संगठनले बागलुङ बजारमा आर्थिक संकलन गरेका थिए । संकलित रकम शनिबार परिवारलाई हस्तान्तरण गरेको आर्थिक संकलन अभियानका संयोजक रोसन कुँवरले जानकारी दिनुभयो ।

संकलित रकम अनेरास्ववियुका महासचिव ऐनबहादुर महराले रेणु कुँवरलाई प्रदान गर्नुभएको थियो । रकम हस्तान्तरण पछि बोल्दै महासचिव महराले दुई सन्ताको पठनपाठनको जिम्मेवारी अनेरास्ववियुले लिने घोषण गर्नुभएको थियो ।
चितवनको एक रेष्टुरेन्टका काम गर्दै आएको कँुवरको गत माघ १२ गते निधन भएको थियो । कुँवर रेणु परिवारको लागि विदेशमा रहेका नेपालीहरुबाट १ लाख ६२ हजार ३४६ रुपैया कबोल गरे पनि प्राप्त भएको छैन । बाकि रकम चैत्र भित्र हस्तान्तरण गरिने संयोजक कुँवरले बताउनुभयो ।
सो अवसरमा कुँवर परीवार महिला विकास समितिले ५ हजार ५ ५५ रकम हस्तान्तरण गरेका थिए । प्रगतिशिल महिला विकास समितिले ७ हजार रुपैया नगद प्रदान गरेको बताइएको छ ।
कार्यक्रममा नेकपा जिल्ला संयन्त्र सदस्य लाल बहादुर थापा, अनेरास्वव्युका अध्यक्ष शेखर खड्का, नेकपाका पार्टी संयन्त्र सदस्य कृष्ण कार्की, रेश नुनथला मा.विका शिक्षक बम बहादुर कुँवर लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम अनेरास्वव्युका कार्यवाहक जिल्ला संयन्त्र सदस्य रोसन कुँवरको अध्यक्षता, सहयोग अभियान कार्यक्रममा सहसंयोजक अमृता जि.सिको स्वागत र अखिल क्रान्तिकारीका अध्यक्ष जिवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।










