
बागलुङ, ९ चैत ।
खेलकुद तथा पर्यटकिय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद विकास समिति बानपा–६ पञ्चकोटले आयोजना गरेको प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिताअन्रतगत आज (शनिबार) सेमिफाइनल र फाइनल खेल हुने भएको छ ।
शुक्रबार समुह चरणका खेल र ३ ओटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका थिए ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा बानपा–४ ले बानपा–३ भलाटाकुरालाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बानपा–४ को जितको लागि नारायण कुँवर र फरिन पुनले एक–एक गोल गरेका थिए ।
यस्तै बानपा–३ गुठीले बानपा–१४ अमलाचौरलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै शुक्रबार भएको अर्को खेलमा आयोजक बानपा–६ (सि)ले बानपा–३ गहतेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजकले गहतेलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको थियो । गहतेको १ पेनाल्टी गोलबारमा लागेको थियो ।
प्रतियोगिता अन्तरगत आज (शनिबार) अन्तिम क्वाटरफाइनलको खेल, सेमिफाइनल खेल र फाइनल खेल सम्पन्न हुने युवा तथा खेलकुद विकास समिति बानपा–६ सचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद रु ३५ हजार र उपविजेताले नगद रु २० हजारका साथ ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।










