
बागलुङ, ७ चैत ।
बागलुङ नगरपालिका–१ मालढुङ्गा स्थित नगरपालिकको फोहोर संकलन स्थान (डम्पिङ्ग साईड) मा काम गर्ने मजदुरलाई विहिबार सुरक्षाका सामाग्री प्रदान गरिएको छ ।
२१ मार्च अर्थात अन्र्तराष्ट्रिय रंगभेद तथा जातिभेद उन्मुलन दिवसको अवसरमा दलित महिला विकास केन्द्र बागलुङले फोहोरमा काम गर्दा प्रयोग हुने सामाग्री प्रदान गरेको हो ।
केन्द्रले फोहोरमा काम गर्ने १३ जना मजदुरलाई गमबुट, माक्स, पन्जा, एप्रोन लगायतका सुरक्षा सामाग्री प्रदान गरेको संघकी अध्यक्ष सुजता नेपालीले जानकारी दिईन ।
खबरवे अनलाईनमा गत ८ मार्चमा ‘ अन्तराष्ट्रिय श्रमिक महिला दिवसः बजारमा र्यालीसहित दिवस मनाउँदा श्रमिक महिला अनविज्ञ’ शिर्षकको समाचार प्रकाशन भए पछि उनीहरुको आवश्यकतालाई ध्यानमा राखेर सानो सहयोग गरेको केन्द्रकी सचिव लक्ष्मी बोहोराले बताईन ।
‘मजदुरलाई सानो सहयोगले पनि ठूलो राहत पुग्न सक्छ’ नगर कार्यपालिका सदस्य तथा बातावरण संरक्षण संयोजक बोहोराले भनिन–‘ सामान्य सावधानी अप्नाउँदा ठूलो दुर्घटनाबाट सुरक्षित हुने महशुस गरेर सहयोग गरेका हौँ ।
डम्पिङ्ग साईडमा १३ जना मजदुर बालबालिका सहित कार्यरत रहेका छन् । हालसम्म उनीहरु कसैले पनि सुरक्षाका सामाग्री प्रयोग विहिन अवस्थामा काम गरेको मजदुर माया लामाले बताईन ।
‘हाम्रा पीडा अथाह छन’ उनले भनिन–‘ नत हाम्रो विमा छ न त उपचार खर्चको व्यवस्था ।’ उनले पेट पाल्नको लागी फोहोरमा काम गर्न बाध्य मजदुरलाई समाजले दोस्रो दर्जामा राखेको गुनासो गरिने ।
फोहोरमा जीवन खोजी रहेको मजदुरबीच पनि समान कामको असमाज ज्याल काम रहेको छ । मासिक तलब खाने गरी कवाडी समान संकलन गर्न खटिएका महिला मजदुरलाई श्रममा पनि शोषण भएको छ । त्यही फोहोर संकलन गर्ने पुरुष मजदुरले मासिक ११ हजार रुपैयाँ पारिश्रमिक पाउँछन भने महिला मजदुरले मासिक ८ हजार रुपैयाँ बुझने गरेका छन् ।










