जातिय विभेद अन्त्य गर्न कानुनको कार्यान्वयमा जोड

बागलुङ, ७ चैत ।
जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जोडदिएका छन् ।
५४ औ अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुुलन दिवसको अवसरमा दलित महिला विकास केन्द्रले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रमका बोल्ने वक्ताहरुले दलित समुदायमा न्यायको पहुँच नहुँदा विभेद सहन बाध्य भएको बताए ।
कागजी रुपमा जातीय विभेदको अन्त्य भए पनि व्यवहारमा अझै छुवाछूत हुने गरेको बताउँदै वक्ताहरुले राज्यका निकायले कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
निर्णय ठाउँमा दलित समुदायको प्रतिनिधित्व कम हुँदा बारम्बार न्याय ढोकाबाट फर्कनु परेको उनीहरुले बताए । ग्रामीण तहका नागरिकलाई प्रचलित कानुनका बारेमा जानकारी दिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै नगरप्रमुुख पौडेलले दलित समुदायलाई शैक्षिक र आर्थिक रुपमा सवल बनाउन सके जातिय विभेदको अन्त्य हुने बताउनुभएको थियो । संविधानले ग्यारेन्टी गरेको अधिकारलाई व्यवहारिक बनाउँदै पूर्ण समानुपाति व्यवस्था सृजना गर्न निरन्तर लाग्नुपर्ने उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा उत्पीडित दलित समुदायको संजाल बागलुङका पूर्वअध्यक्ष ओमबहादुर विक, टिकाकुमारी विक, समाजसेवी लक्ष्मणी श्री, दलित कल्याण संघका केन्द्रीय सदस्य ताराबहादुर विक लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा पत्रकार सञ्जनकुुमार सिङ अवधारणा पत्र प्रस्तुुत गर्नुभएको थियो । कार्यक्रम दलित महिला विकास केन्द्र बागलुुङका अध्यक्ष सुुजता नेपालीको अध्यक्षता, उपाध्यक्ष पार्वती परियारको स्वागत र सचिव लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।