अन्तरक्रिया नभएको ‘अन्तरक्रिया कार्यक्रम’

बागलुङ, ५ चैत ।
नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको १२ वर्ष भयो । तत्कालिन द्वन्द्वको समयमा हजारौ नेपाली नागरिकले ज्यान गुमाउनुका साथै ्, वेपत्ता र अंगभंग भएका छन् ।
द्वन्द्वकालमा भएका घटनाको सत्य तथ्य थाहा पाउने सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर काम गरिरहेको छ । तर पनि पीडित परिवारले उचित न्याय पाउन नसकेको बताउँदै आएका छन् ।
द्धन्द्धको अन्त्य भएर देशमा लोकतान्त्रि गणतन्त्र स्थापना भए पछि सहजै न्याय पाउने आसामा रहेका द्धन्द्ध पीडित परिवारले अझै पनि न्यायको अनुभूति गरेका छैनन । सहजै न्याय पाउने नसके पछि उनीहरु संगठित भई चरणबद्ध आन्दोलनका कार्यक्रम गरी सरकारसँग आफ्ना माग राख्दै आएका छन् ।
आफ्ना माग पुरा गर्न द्धन्द्ध पीडित संगठित हुनु पहिलो शक्ति हो । उनीहरु विभिन्न संगठन निर्माण गरी आ–आफ्नो माग अघि सारेका छन । द्धन्द्ध पीडितको समस्या अहिले स्थानीय सरकारसँग पनि जोडिन थालेका छन् । स्थानीय सरकारले पुरा गर्न सक्ने प्रकृतिका माग द्धन्द्ध पीडितहरुले उठाउन थालेका छन् ।
स्थानीय सरकारलाई द्धन्द्ध पीडितको पीडा महशुस गराउन मंगलबार बागलुङमा आयोजित ‘द्धन्द्ध पीडित वडापत्र–२०७५, जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी द्धन्द्ध पीडित परिवारले आफ्ना पीडा सुनाउन नपाएको गुनासो गरेका छन् ।
द्वन्द्ध पीडित साझा चौतारीले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा वृत्तचित्र प्रदर्शन गर्नुका साथै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, राजनीतिक विश्लेषक टिका ढकाल, र द्धन्द्ध पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले मन्तव्य राखे पछि कार्यक्रम समापन तर्फ चल्ने क्रम थियो ।
संचालकले कार्यक्रम समापनको लागि अध्यक्षलाई अनुरोध गर्दै गर्दा कार्यक्रममा सहभागी जशोद शर्मा उठेर आपत्ति जनाउनुभयो । अन्तरक्रिया कार्यक्रम भनेर पीडितहरुलाई बोलाए पनि कुनै गुनासो नसुकेको भन्दै उहाँले विरोध गर्नुभएको थियो ।
उहाँले धेरै कार्यक्रमहरुमा द्वन्द्व पीडितहरुलाई बोलाएर माइनटमा हस्ताक्षर गराएर भाषण सुनाउने मात्र काम हुने गरेको भन्दै आजको कार्यक्रम पनि त्यस्तै भएको भन्दै आक्रोस पोख्नुभएको थियो । उहाँले आफुहरुले मात्र भाषणा गर्ने र अन्तरक्रिया भनेपनि द्वन्द्व पीडितहरुको कुनै गुनासो सुन्ने काम नगरेको भन्दै चर्को विरोध गर्नुभयो ।
अर्का सहभागी शान्तिमणी ढकालले पनि कार्यक्रममा पीडित परिवारलाई गुनासो राख्न नदिएको बताउनुभयो । अरुले बोल्ने हामीले सुन्ने मात्रा कस्तो अन्तरक्रिया हो उहाँले भन्नुभयो–‘अन्य ठाउँमा सुधार गर्नुहोस ।’
डकुमेन्ट्रीले प्रतिनिधिमुलक पीडि बोलेको बताउँदै कार्यक्रमका अध्यक्ष तथा द्धन्द्ध पीडित साझा चौतारीका गण्डकी प्रदेश इन्चार्ज बद्री केसीले समय व्यवस्थापनको कारण अन्तरक्रिया कार्यक्रम संचालन गर्न नसकेको बताउनुभयो ।