
बागलुङ, १ चैत ।
बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरका एक व्यवसायीले आफ्नो जन्म दिनको अवसरमा श्री मुक्तिनाथ वेद विध्याश्रम संस्कृत पाठशालामा खाद्यन्न सहयोग गरेका छन् ।
उपल्लाचौरका श्याम बहादुर जिसीले आफ्नो ५६ औं जन्मदिनको अवसर पारेर संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीहरुको लागि दैनिक उपभोग्य खाद्यन्न सामानहरु वितरण गरेका थिए ।
जन्मदिनको अवसर पारेर गरिने फुजुल खर्चको कटौती गर्दै वेद विध्याश्रमका विद्यार्थीहरुको लागि खाद्यन्न सहयोग गरेको जिसिले बताए । जिसीले ७ हजार रुपैयाँ बराबरको चामल, तरकारी, दाल, नुन, चिनी लगायतका दैनिक खाद्यन्न सामाग्रीहरु वितरण गरेका थिए ।
यस्तै उक्त कार्यक्रमको अवसरमा जिसीले मुक्तिनाथ वेद विध्याश्रम तथा श्री रङ्गवेंकटेश मुक्तिनारायण मन्दिरको प्राङ्गणमा निर्माणाधिन शालिग्राम संग्राहलयको लागि २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
जिसीले खाद्यन्न र सहयोग रकम मुक्तिनाथ बेद विध्याश्रमका संरक्षक स्वामि श्री प्रपञ्नाचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वामी श्री प्रपञ्नाचार्यले बोल्नुभएको थियो ।










