
बागलुङ, ३० फागुन ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले बिहिबार बिहानैदेखि बागलुङको जनजीवन प्रभावित भएको छ
बागलुङमा शैक्षिक संस्था, यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेका छन् । लामो तथा छोटो दुरीका सवारी साधान नचल्दा जिल्ला भित्रने र जिल्ला बाहिर जाने यात्रु अलपत्र परेका छन् ।
साना सवारी साधान भने छिटफुट रूपमा सञ्चालनमा आएका छन् । सरकारले निरन्तर दमन गरेको, संकटकालको जस्तो व्यवहार गरेको, पार्टी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
दुर्गाबहादुर रोकालाई गोली प्रहार, पार्टी केन्द्रिय सदस्य बन्धु चन्द्र लगायत देशव्यापी रुपमा दजनौ नेता, कार्यकर्ता, र शुभचिन्तकलाई गिरप्तार गर्ने, झुटटा मुद्दा लगाउने यातना दिने सकटकाल झै विभिन्न गाउँमा अप्रेशन चलाएको विरोधमा बन्द आह्वन गरेको नेपाल कम्युनिष्ट पार्टी बागलुङका इन्चार्ज विकिरणले जारी गरेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
सरकारले विप्लव माओवादीलाई राजनीतिक प्रतिबन्ध लगाए पछि पहिलो पटक बन्द आह्वन गरेको हो । बागलुङमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।










