बिहुँ शिवधुरीमा होमस्टे तालिम सम्पन्न

बागलुङ, २९ फागुन ।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ स्थित शिवधुरी सामुदायिक ‘होम स्टे’का संचालकको लागि संचालन गरिएको तीन दिने खाद्य स्वच्छता तालिम बुधबार सम्पन्न भएको छ ।
झुलेनी होम स्टेका २५ जना सन्चालकको लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बागलुङले तालिम आयोजना गरेको हो ।
तालिम समापनको अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गुणस्तरीय सेवा सुविधाबाट मात्रै होम स्टेको विकास गर्न सकिने बताउँदै तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।
काठेखोला ५ बिहुँका वडाध्यक्ष शिव कँडेलको अध्यक्षता भएको समापन कार्यक्रममा खाद्य प्रविधी तथा गुणस्तर कार्यालयका प्रमुख केदार पौडेल, शिवधुरी सामुदायिक होम स्टेका अध्यक्ष प्रेम श्रीस, फापरखेत झुलेनी होम स्टेका अध्यक्ष यामबहादुर पुन, शिवधुरी होम स्टेकी कमला पुन, फापरखेत झुलेनी होम स्टेकी मनिषा पुन, शिवधुरी होम स्टेका प्रेमबहादुर पुन र हिराकुमारी पुन, फापरखेत झुलेनी होम स्टेका कौशिला पुन, मनमायाँ पुन तथा उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, स्थानीय पत्रकार भरत सापकोटा लगायतले बोल्नुभएको थियो । ।