
बागलुङ, २० फागुन ।
पुष्पाञ्जली ग्रामिण विकास केन्द्र काठेखोला गाउँपालिका–२, भीमापोखराले आयोजना गरेको महा–शिवरात्री मेला–२०७५ सोमबार सम्पन्न भएको छ ।
मेलाको सोमबार मुलसमोहमा बोल्दै प्रतिनिधिसभा सदस्य सुर्य पाठकले देश अहिले आर्थिक समृद्धिको बाटो तर्फ लागेको बताउनुभयो । उहाँले अहिले देशलाई आर्थिक समृद्धि गराउने उद्देश्यले सरकारले काम गरेको बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, नेकपाका प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी, काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, नेकपाका जिल्ला संयन्त्र सदस्य लाल बहादुर थापा र शिक्षक गंगाकुमारी गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्लबका अध्यक्ष विक्रम शर्माको अध्यक्षतामा सम्पन्न मुल समारोहको स्वागत संस्थापक अध्यक्ष प्रेमबहादुर केसी र संचालन सचिव धन बहादुर थापाले गर्नुभएको थियो ।
मेलाको अबसरमा केन्द्रले आयोजना गरेको खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लब भीमापोखराले जितेको छ । फाइनल खेलमा विवाईसी बागलुङलाई पराजित गर्दै प्रगतिशिलले उपाधि जितेको हो ।
यस्तै उक्त अवसरमा केन्द्रको आयोजना र रोटरी क्लब बागलुङको सहयोगमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएको बताइएको छ।










