
भरतप्रसाद सापकोटा
बागलुङ (विहुनँ), १८ फागुन ।
बाग्लुङ जिल्ला को काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोटमा अवस्थित रहेको त्रिपुरेश्वर महादेव मन्दिर विहुँ रामकोटलाई धार्मिक पर्यटकिय स्थल रुपमा परिचित गराई आन्तरिक तथा बाह्यपर्यटकहरु लाई यस पवित्र भुमि भित्र्याउने साथै लोप हुदै गरेको संस्कृतिलाई संरक्षण गर्न टेवा पुर्याउने उद्धेश्यले बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र ले यहि फाल्गुन १९/२० गते आयोजना गरेको राष्ट्रिय लोक भजन प्रतियोगिता को तयारी पुरा भएको अध्यक्ष कृष्ण प्रसाद कडेंलले जानकारी दिईएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा विभिन्न खेलकुद तथा यस्ता सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको यस खेलकुद केन्द्रले यो बर्ष राष्ट्रिय लोक भजन आयोजना गरेको र हाल सम्म १९ टिमले सहभागिताका लागि विभिन्न प्रदेश सहभागिता सम्पर्कमा आएको पनि उनले बताए ।
प्रचार प्रसार कै अभावमा ओझेलमा परेको यस मन्दिरमा रहेका ठुला शिवलिङ्ग र धार्मिक मान्यताको बिषय सबैलाई बुझाउनको लागि यो कार्यक्रम आयोजना गरेको बताउदै आज काँठेखोला गाउँपालिका सबै वडाहरुमा बाईक र्यालि समेत सम्पन्न भएको सचिव सन्तोष पुनले जानकारी दिएका छन् ।










