बागलुङमा १५ गतेदेखि हात्तिपाईले रोगविरुद्धको औषधि खुवाइने

बागलुङ, १३ फागुन ।
२०२० सम्ममा हात्तिपाईले (फाईलेरिया) रोग निवारण गर्ने मुख्य लक्ष्यसहित यस वर्ष पनि बिरुद्धको अभियान सञ्चालन गरिएको छ ।
अभियान अन्तर्गत १५ फागुनदेखि जिल्लाव्यापी रुपमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु हुने बागलुङ नगरपालिका स्वास्थ्य शाखाद्धारा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
अभियान अन्तर्गत जिल्लाका २ लाख ५२ हजार जनालाई स्वास्थ्यकर्मीको प्रत्येक्ष निगरानीमा औषधी वितरण गर्ने हुने बताइएको छ । एक सय बढी स्वास्थ्कर्मी र २ सय स्वसेवक परिचालन हुने बरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारीको भनाई छ । तिवारीका अनुसार बागलुङ नगरपालिका–१४ नारायणस्थलमा पनि हातिपाइले रोगका विरामीहरु देखिएकाले बताउनुभयो । उहाँले गत कार्तिकमा बागलुङको नारायणस्थल र ग्वालिचौरमा गरिएको सर्वेक्षणमा नारायणस्थलमा हात्तिपाइलेको लक्षण देखिएपनि ग्वालिचौरमा भने नदेखिएको बताउनुभयो ।
अभियानमा दुई वर्ष मूनिका बालवालिका, गर्भवती तथा सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामी बाहेक सबैले उमेर समूह अनुसार डि. ई. ओ. चक्कि र जुकाको औषधि खानुपर्ने छ । यो औषधि निरन्तर ६ वर्षसम्म वर्षको एक पटक खाएमा हात्तीपाईलेको संक्रमण नहुने स्वास्थ्यकर्मीको भनाई छ ।
बागलुङ नगरपालिकाले नयाँ रोग पहिचान भएको क्षेत्रमा विशेष स्वास्थ्य अभियान संचालन गर्ने उपमेयर सुरेन्द्र खडकाले बताउनुभयो । ‘नारायणस्थानमा विशेष अभियान संचालन गछौँ’ उपमेयर खडकाले भन्नुभयो–‘जनस्वास्थ्यको विषयमा सबै सचेत हुनु आवश्यक छ ।’ छिमेकी जिल्ला र वडामा समेत थप संक्रमण हुनबाट रोक्ने सचेतनामुलक अभियान संगसँगै संचालन गर्ने उममेयर खडकाको भनाई छ ।’
पत्रकार सम्मेलनको स्वागत डिल्ली आचार्य र संचालन सोमनाथ पाण्डेले गर्नुभएको थियो ।