बजारमा सशस्त्र प्रहरीको युनिट राख्ने कुरामा बानपा–२ को असहमति

बागलुङ, १३ फागुन ।
बागलुङ नगरपालिका वडा २ का वडा अध्यक्ष जीवन आचार्यले बागलुङ सदरमुकाममा सशस्त्र प्रहरीको युनिट राख्ने भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेपनि बागलुङ नगरपालिका वडा नम्बर २ भने त्यसमा सहमत नभएको हुदा ज्ञापनपत्र समेत बुझाएको बताए ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक बिययको साक्षातकार कार्यक्रमको २२ औं श्रृङखलामा वडाअध्यक्ष आचार्यले सयौं बिद्यार्थीले पढ्ने स्कुल र मानवबस्ती भएको ठाउँमा सशस्त्र प्रहरी कार्यालय राख्नु उचित नहुने भनेर स्थानीयबासीको बिरोध भएको हुनाले त्यो राख्न नहुने अर्को बिकल्प खोज्नु पर्ने बताए ।
बागलुङ नगरपालिकाको वडा नम्बर २ लाई सुन्दर नगर बनाउने अभियानमा आफुहरू लागि परेको अहिले सबैको ध्यान यहीँ वडामा भएको हुँदा समेत यसलाई राम्रो बनाउने दायित्व आफुहरूको भएको साक्षात्कार कार्यक्रम आचार्यले बताए ।
कार्यक्रममा पुर्वाधार समितिका संयोजक अर्जुन घिमिरेले बागलुङ नगरपालिका भित्र पुर्वाधारको काम अगाडि बढी रहेको अहिले वडा नम्बर २ मा सडकलाई ब्यबस्थित गर्ने काम अगाडि बढिरहेको बताए । ट्राफिक ब्यबस्थापन जथाभावी रूपमा निर्माण सामग्री थुपार्ने कामलाई समेत ब्यबस्थित गर्ने काम गर्ने योजना रहेको घिमिरेले बताए ।
साक्षात्कार कार्यक्रमको अध्यक्षता धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारी स्वागत क्लबका कोषाध्यक्ष कोपिला कडेल र कार्यक्रम संचालन क्लबका सचिव प्रदीप पन्तले गरेका थिए ।