भीमापोखराको जनकल्याण माविले मनायो ९० औं बार्षिकोत्सव

बागलुङ, १३ फागुन
काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको जनकल्याण माध्यमिक विद्यालयको ९० औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ ।
बार्षिकोत्सको मुल समारोहमा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले अहिलेको शिक्षा व्यवहारिक हुनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा रहेका सवै विद्यालयमा गाउँपालिकाले स्रोत र साधनको कुनै अभाव हुन नदिने बताउँदै विद्यालयले अहिलेको युगमा प्रविधिसँग जुध्नसक्ने दक्ष शिक्षकको व्यवस्थापन गरि अध्ययन गराउँन विद्यालययहरुलाई अनुरोध गर्नुभयो ।


गाउँपालिकाका अध्यक्ष थापाले पछिल्लो समयमा विद्यालयहरुमा पनि राजनीतिले प्रवेश पाएको बताउँदै शैक्षिक क्षेत्रमा राजनीति नगर्न सवैलाई आग्रह समेत गर्नुभयो । उहाँले विद्यालयबाट दक्ष विद्यार्थीहरु उत्पादन गर्ने हो त्यसैले कसैले पनि आफ्नो फाइदाको लागि बालबालिकाको भविष्यमाथि खेलवाड गर्दै राजनीति नगर्नुहोस् थापाले भन्नुभयो ।
दक्ष इमान्दार शिक्षकको खाचो रहेको बताउँदै
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खिम बहादुर बिक, वडा अध्यक्ष बिद्यापति शर्मा, शिक्षा सेवी टिकाराम सापकोटा, डिल्लिराज गौतम, स्रोत व्यक्ति पुर्ण प्रसाद ढुंगाना, ढोरपाटन दैनिकका सम्पादक हरीनारायण गौतम, अभिभावक कृष्ण थापा, पूर्व प्रअ हरी प्रसाद लामिछाने, शिक्षक संगठनका जिल्ला अध्यक्ष गोविन्द बहादुर भण्डारी, नेकपा वडा संयन्त्र सदस्य रामप्रसा शर्मा र जनप्रिय आधारभुत विद्यालयका प्रअ नरबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बार्षिकोत्सव अन्तरगत आयोजना गरीएको प्राथमिक तह स्तरीय अन्तर विद्यालय बोरा दौड प्रतियागिता मा छात्र तर्फ अमर प्राविका समिर नेपाली प्रथम, भिमादरवार आधारभुतका ज्योतिन नेपाली दोस्रो र मुन्द्रिदेव आधारभुत विद्यालयका युकेश केसी तेस्रो भएका छन् । छात्रा तर्फ अमर आधारभुत विद्यालयका सिर्जना नेपाली प्रथम, हरिकमल आधारभुत विद्यालयका शशिका केसी दोस्रो र शिवालय आधारभुत विद्यालयका करुणा पौडेल तस्रो भए ।
त्यस्तै वेलुन फुटाई प्रतियोगिता भिमा दरवारका सुमित नेपाली प्रथम, हरीकमलका अञ्जली थापा दोस्रो र हरी कमलकै अर्विन थापा तेस्रो भएका छन् । अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिवालय आधाभुत विद्यालय प्रथम, तितौरे मावि पाला दोस्रो र जनकल्याण मावि भिमापोखरा तेस्रो भएका छन् । अन्तर विद्यालय स्तरीय भलिवल प्रतियोगितामा शिवालय आधारभुत विद्यालय प्रथम र जनकल्याण मावि दोस्रो भएको विद्यालयले जनाएको छ ।


कार्यक्रममा स्वर्गिय देविदत्त रेग्मी, जमुना देवी रेग्मी स्मृति अक्षयकोष, स्वार्गिय कुल प्रसाद र जंग बहादुर स्मृति कोष, स्वर्गिय झक बहादुर केसी स्मृति कोष, स्वर्गिय ददिलाल खत्री स्मृति कोष, स्वर्गिय गिता गौतम स्मृति कोष ले ३९ जना विद्यार्थीहरुलाई छात्रा बृत्ति वितरण गरेका थिए । विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक लिलाराम सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको मुल समारोहको स्वागत शिक्षक चन्द्रमणि उपाध्यायको स्वागत र संचालन बिक्रम शर्माले गर्नुभएको थियो ।