
बागलुङ, १२ फागुन
बानपा ६ बागलुङ पञ्चकोटमा विश्वशान्ति कलश तथा अन्य धार्मिक संरचना बनाउने उद्येश्यका साथ आयोजित पाचौ पञ्चकोट महायज्ञमा भक्तजजनको आगमन वढेको छ ।
विगत चार वर्ष देखी निरञ्चर हुदै आएको पञ्चकोट महायज्ञमा वाहिरी जिल्ला वाट समेत भक्तजन आउन थालेका हुन ।
फागुन १५ गते सम्म चल्ने पाँचौ धनधान्याञ्चल विराट श्रीमहायज्ञ अवधीभर भूमि पुजन, श्रीमद्भागवत पाठ पारायण, प्रबचन लगाएका कार्यहरु सञ्चालन भैरहेको बताइएको छ बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा वाह्यि जिल्लाका पर्यटक आउन थालेका छन् ।

साविक धौलागिरी अञ्चलको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पञ्चकोटमा महायज्ञ आयोजना गरिएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमल नयनाचार्यको अगुवाइमा हालसम्म पञ्चकोटमा निर्माण सम्पन्न भएका संरचनाहरूका लागि १४ करोड रुपैयाँ खर्च भएको छ । अहिले गौशाला, अतिथि गृह, गरुडशिला, हनुमानको मूर्ति, गणेश मन्दिरलगायतका संरचना निर्माण भइसकेका छन् । १ सय ८ फिट अग्लो विश्वशान्ति कलश निर्माणका लागि झण्डै २ सय करोड आवश्यक पर्ने जनाईएको छ ।
चोथौ दिनमा बानपा ६का हरिप्रसाद शर्माले सर्वोकृष्ट सहयोग गरि सभा नायक बन्नु भएको । शर्माले हाल सम्म कुल १ लाख ५५ हजार ५सय ५५ सहयोग गरेर सभानायक बन्नु भएको आयोजकले बताएको छ ।
नेपाल सरकारको पर्यटन मन्त्रालयले समेत पञ्चकोटलाई पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत गरी सकेको छ । पञ्चकोटको विकासका लागि वार्षिक रुपमा महायज्ञ आयोजना हुँदै आएको छ । स्वामी कमलनयनाचार्यको पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि आर्थिक संकलन गर्न पाँचौ महायज्ञ गरिएकोे विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ ।










