
बागलुङ, ११ फागुन ।
अमर आदर्श बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको मुलसमारोहमा बोल्दै प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले देशको शिक्षाको विकासमा निजी विद्यालयले उल्लेखनीय भुमिका खेलको बताउनुभयो । उहाँले निजी विद्यालयहरु प्नि बदलिदो परिवेश अनुसार गुणस्तरीय शिक्षाको लागि निर्धक्क भएर लाग्नुपर्ने बताउनुभयो ।

विद्यालयले बार्षिकोत्सवको अवसरमा ५ दिनसम्म संचालन गरेको अन्तरविद्यालय स्तरिय हाजिरीजवाफ, भलिबल, फुटसल, बास्केटबल लगायतका प्रतियोगिताहरुका विजेताहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको थियो । साथै उक्त अवसरमा कक्षा १२ को बोर्ड परीक्षामा गण्डकी प्रदेशमै प्रथम हुने विद्यार्थी तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।
उक्त अवसरमा विद्यालयमा स्थापनादेखि विद्यालय व्यवस्थापन समीती सदस्य एबम् सल्लाहकारका रुपमा रही योगदान गर्नहुने पुर्व जनस्वास्थ्य अधिकृत, शिक्षा प्रेमी योगेन्द्रराज जिसीलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै शिक्षक तथा कर्मचारीहरु, प्रदिप केसी, हरि तिवारी, मीना थापा पुन, कमला शिलवाल, पुष्पा बस्नेत, केशु प्रधान, जमुना आर्चाय, प्रकाश पौडेल, प्रकाश केसी र हेम बहादुर खड्कालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रचार्य हेमन्त थापाले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्याव्सन बागलुङा अध्यक्ष रविप्रसाद पौडेल, गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुवास पन्त, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, अभिभावक रेशम नेपाली, विद्यार्थी करिश्मा सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका संस्थापक/अध्यक्ष विजयराज पन्तको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन सहप्रचार्य कमल पन्त र शिक्षक चुडामणि पोखरेलले गर्नुभएको थियो ।










