अज्ञात समुहद्वारा बागलुङका एनसेलका टावरमा आगजनी

बागलुङ, १० फागुन ।
बिहिबार राती बागलुङका बिभिन्न ठाउँमा रहेका एनसेलका टावरमा अज्ञात समुहले आगजनी गरेको छ ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गरिएको हो ।


आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । एनसेल टावरमा कस्ले, के प्रयोजनको लागि आगजनी गरेको भन्ने बिषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक चिरञ्जीवी कोईरालाले जानकारी दिनुभयो ।
टावरमा आगलागी भएको देखेपछि स्थानीयले गरेको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगलागी भएका टावरहरुमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।