अमर आदर्शको बार्षिकोत्सवमा हाजिरीजवाफ, बास्केटबल प्रतियोगिता

बागलुङ, ८ फागुन
बागलुङ बजारमा रहेको अमर आदर्श आवासिय माध्यमिक विद्यालय बागलुङको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बुधबार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बुधबार जिल्लाका स्कुलस्तरिय हाजिरीजवाफ प्रतियोगिता, बास्केटबल प्रतियोगिता, टि.टि प्रतियोगिता,अभिभावक म्युजिकल चियर प्रतियोगिता र शिक्षक म्यूजिकल चियर प्रतियोगिताहरु भएका छन् ।
हाजिरीजवाफ प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुल प्रथम, सिदार्थ शिक्षा सदन द्धितिय, न्यू ओयसिस एकेडेमि तृतीय र गरिमा मावि सान्तोवना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तोना हुने विद्यालयहरुले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
बुधबार नै भएको बास्केटल प्रतियोगितामा अटल अधिकारी, विरेन थापा, प्रविन छन्त्याल र सुजन जिसीको समुह प्रथम र विशाल थापा, सुनिल थापा, टिका पुन र चन्द्रबहादुर थापाको समुह द्धितिय भयो । यस्तै टिटि प्रतियोगितामा दिवश पौडेल र करन थापाको समुह प्रथम र विश्वास थापा र सन्तोष क्षेत्रीको समुह द्धितिय भए । अभिभावक म्यूजिकल चियर प्रतियोगितामा अनिता केसी प्रथम, माया थापा द्धितिय र रुपा क्षेत्री तृतीय भएका छन्भने शिक्षक म्यूजिकल चियर प्रतियोगितामा दिया थापा प्रथम, निशा भण्डारी द्धितिय र जमुना आचार्य तृतीय भएका थिए ।
सोमबारबाट सुरु भएको बार्षिकोत्सव समारोहको मुल समारोह माघ १०गते हुने विद्यालयका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी दिनुभयो ।