
बागलुङ, ८ फागुन
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलवार साँझ भएको पिक अप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
ध १ ज ७९१ नम्बरको पिक अप जिप छिस्तीको रापुङमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने ११ जना घाईते भएका छन् ।
दुर्घटनामा परी छिस्ती साविको ९ की १९ की प्रियंका पुन, वर्ष ३० की तुलसी पुन श्रीस, १३ वर्षिय ज्योति पुन र वर्ष १४ की एलिना पुनको मृत्यु भएको छ ।
मृतक ज्योति पुन र प्रियङकाको धौलागिरी अंचल अस्पतालमा ल्याउँदै गर्दा बोटामा ज्यान भएको थियो भने तुलसी र एलिनाको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नावय उपरीक्षक (डिएपी) चिरञ्जीवि कोईरालले जानकारी दिए । मृतक सबै केवैको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दुर्घटनामा ३० वर्षिय धनकला श्रीस, १६ वर्षिय विष्ना श्रीस, १३ वर्षिय संगम श्रीस, १२ वर्षिय सम्झना पुन घाईते भएका छन । उनीहरुलाई धौलागिरी अंचल अस्पताल बागलुङमा सामान्य उपचार पछि मणीपाल शिक्षण अस्पताल पोखरा रिफार गरिएको छ ।
दुर्घटनामा १५ वर्षिय तृष्ण पुन, १२ वर्षिय सविना थापा, ११ वर्षिय निर्मल पुन, १२ वर्षिय पूजा पुन, ५० वर्षि नन्दकली पुनको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी चिरञ्जीवि कोईरालले जानकारी दिनुभयो । जीप चालक १८ वर्षिय प्रविन पुन र जीपमा सवार १३ वर्षिय विशाल परियार सामान्य उपचार पछि डिस्चार्ज भएका छन । चालक पुन प्रहरीको नियन्त्रणमा रहेको डिएपी कोईरालले जानकारी दिए ।
ठुलो दुर्घटना पछि छिस्ती गाउँ शोकमग्न बनेको छ । जीप सडकदेखि करिव ७ सय मिटर तल खसेको थियो । जीप ओभर लोडको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । चालक प्रविन सोही विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने छात्र हुन ।
घटना लगत्तै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरिक्षक दिपक रेग्मी र धौलागिरी अञ्चल अस्पतालका निमित्त प्रमुख शैलेन्द्र बि पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोली समेत उद्धार र उपचारका लागि घटनास्थल पुग्नुभएको थियो । स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षा निकायको सहयोगमा उद्धार गरिएको थियो ।










