(अपडेट) छिस्ती दुर्घटनाः ३ जनाको मृत्यु, ७ जना घाईते अञ्चल अस्पताल ल्याइदै (घाईतेको नामावली सहित)

बागलुङ, ७ फागुन ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा ध १ ज ७९१ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा छिस्तीका वर्ष १९ की प्रियंका पुन, वर्ष ३० की तुलसी पुन र वर्ष १४ की एलिना पुन रहेका छन् ।
छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्र्किदै गरेका विद्यार्थी अभिभावक बोकेको जीप छिस्ती रापुङटुनीबोटमा दुर्घटना भएको वडाध्यक्ष विजय शर्माले जानकारी दिनुभयो ।
जिपमा २० जना भन्दा बढि यात्रुहरु सवार रहेको स्थानियहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट ७ जना घाईतेहरुलाई उद्धारपछि उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याएको छ ।
घाईतेहरुमा वर्ष ३९ की धनकला श्रीस, वर्ष १५ की सम्झना पुन, वर्ष ५० की नन्दकला श्रीस, वर्ष १२ की निर्मला पुन, वर्ष १३ की ज्योति पुन, वर्ष १३ संगम श्रीस र वर्ष १८ का गाडी चालक प्रविन पुनलाई अहिले धौलागिरी अञ्चल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
सडकदेखि करिव ७ सय मिटर तल खसेको र रात परेपछि अध्यारोका कारण उद्दारमा समस्या भएको वडाअध्यक्ष शर्माले जानकारी दिए ।
थप विवरण आउन बाँकी ।