बुबाको मृत्यु पछि शिक्षाका लागि सहयोग अपिल गर्दै रेशका २ बालबालिका

बागलुङ, ७ फागुन
बागलुङको काठेखोला गाउँपालिका ७ रेशका एक युवाको अल्पायुमै निधन भए पछि बालबच्चाको शिक्षा दिक्षाका लागी सहयोग अभियान थालिएको छ ।
आर्थिक अवस्था कमजोर भएका रेशका नारायण कुवरको ३१ बर्षको अल्पायुमै दुखद निधन भए पछि उहाँका दुई सन्तानको पठन पाठनमा सहजताका लागि सहयोग संकलन अभियान थालिएका कुवरका छिमेकी बमबहादुर कुवरले बताउनुभयो ।
कुवरका ९ बर्षिय छोरा आयुष कुवर र ६ महिनाकी छोरी रक्षा छन् । जसले राम्रो सँग बुवा नचिन्दै पुज्य पिता गुमाएका छन् । ८४ बर्ष पार गरेका बुढा बा आमाले आँफ्नो रेखदेख गर्ने बेलामा छोराकै शव र अन्त्येष्टिको दृश्य जर्बजस्त हेर्न बाध्य बनेको उहाँले बताउनुभयो ।
बैदेशिक रोजगारको शिलशिलामा ७ बर्ष नेदरल्याण्ड बसे पनि न कमाई, न कार्डको अवस्था भएपछि खाली हात गाउँ फर्किएका उनी परिवारको जिविकाका लागि पुनः बिदेश जाने तयारीका क्रममा भैरहवामा एक पार्टी प्यालेसमा कुकको काम गरिरहेको बखत अचानक गत माघ १२ गते राति निधन भएको थियो ।
आर्थिक अवस्था कमजोर रहेका कुवर परिवारमा आयआर्जन गर्ने मुख्य व्यक्तिकै निधन पछि अब बालबच्चाको पठन पाठन र भविष्यबारेको चिन्ताले झनै तनाव थपिएको छ ।
स्थानीय बोर्डिङमा कक्षा २ पढ्दै गरेका कुवरका छोरा आयुष निमोनियाबाट समेत ग्रसित छन् । कुवरकी पत्नी डोलिन्द्र कुवरले भन्नुभयोः— ‘दुई गास त दुखजिलो गरि जुटाउला, तर यि नाबालक सन्तानको शिक्षा दिक्षा कसरी पुरा गर्ने भन्ने पिरोलेले साह्रै सताएको छ ।
कुवर दम्पतिको नाबालक सन्तानको पठन पाठनका लागि सहयोग गर्न चाहनेहरुले सिधै हिमालय बैकं बागलुङ शाखामा डोलिन्द्र कुवरको नाममा रहेको खाता नम्बर ०२९०७९५६३९००१२ मा जम्मा गर्न सकिनेछ ।