छिस्तीमा जीप दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

बागलुङ, ७ फागुन
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना भएको छ ।
छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्र्किदै गरेका विद्यार्थी अभिभावक बोकेको जीप छिस्ती रापुङटुनीबोटमा दुर्घटना भएको वडाध्यक्ष विजय शर्माले जानकारी दिनुभयो ।
दुर्घटना भएको ध १ ज ७९१ नम्बरको जीपमा करिव २५/३० जना यात्रु रहेको स्थानीय बताएका छन् । सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन । वडाध्यक्ष शर्माका अनुसार ३ जनाको शव भेटिए पनि पहिचान हुन सकेको छैन । थप विवरण आउन बाँकी ।