
ईश्वर गौतम
नेपाली लोकसंगीतको क्षेत्रमा निकै चर्चा कमाएका वरिष्ठ लोकगायक पशुपति शर्मा पछिल्लो समय “लुट कान्छा लुट अरु देशमा पाइदैन नेपालमै हो छुट” बोलको गितले चर्चामा रहेका छन । शर्माले गित मार्फत देशमा भैरहेको बर्तमान बिकृती र बिसङ्गतिलाई गित मार्फत व्यंग्य गर्दै प्रतिबिम्बित गरेका छन्भने अर्कोतर्फ भने देशको गौरव र स्वाभिमानलाई ध्यान नदिइ देशको गरिमा, र नेपालीको स्वाभिमानमा आँच आउने किसिमले नेपाल नेपाली जनता माथिनै व्यंग्य गरेका छन् ।
यो पटक मात्र होइन अघिपछी पनि यस्तै समाजमा भएका बिकृती बिसङ्गतिलाई हास्यव्यंग्यात्मक रुपमा गित गाउँदै नेपाली जनताको मन मुटुमा बस्न सफल गायक शर्मा यसपटक पनि देशमा अहिले भइराखेका नराम्रा कृयाकलाप गर्ने दलाली, भ्रष्टाचारीहरुलाई मुटु नै कमाउने गरि व्यंग्य गरेका छन्भने केही शव्द चयनमा भने ध्यान पुर्याउन सकेनन् कि भन्ने पाइन्छ जसले गर्दा गायक शर्मा चर्चा सँगै बिवादित पनि बनेका छन् । व्यंग्य भनेको हसाउने रमाइलो सृजना गर्ने नै हो तर साहित्य लेखन वा गितसङ्गित मार्फत होस् या जुनसुकै रुपमा पनि देशमा भएका बिकृती विरुद्ध आवाज उठाउनु आम नागरिकको जिम्मेवारी कर्तव्य र स्वतन्त्र अधिकार हो तर तिनै शब्द देशको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतामा आउने खलवल पुर्याउने, कुनै ब्यक्ति विशेषको जिवनसँग मेल खाने, उच्च पदस्थ ब्यक्तिको मर्यादामा हानी पुर्याउने र कुनै पनि जातजाती, भाषा, धर्म, बर्गमाथी प्रहार हुने किसिमले कुनै समूह–समूह बिच द्वन्द्व सृजना हुने हिसावले व्यंग्य गर्नु भने अवस्य मिल्दैन तर गायक पशुपति शर्माले उक्त गितमा केही यस्तै खाले शब्द चयन गरेका छन् ।

आम नागरिकको मन मुटुमा बसेका गायक पशुपति शर्मालाई नियाल्दा पक्कै पनि नियतबस नै यस्ता शब्द चयन गरेका भने अवस्य पनि होइनन । रास्ट्रप्रती माया जुनसुकै नागरिकमा हुन्छ देशको स्वाभिमान विरुद्ध व्यंग्य गर्न राष्ट्र र जनताको व्यंग्य गर्न कसैले पनि चाहदैन खोज्दैन र गायक शर्माले खोजेका नहोलान तर उनका गितमा प्रयोग भएका शब्द र गितको बोलले बिश्वमा सगरमाथा, गौतम बुद्धको जन्मस्थल र बिर गोरखालीहरुको नामबाट चिनिएको देशलाई गायकले लुटेराको देश लुट्नलाई छुट भएको देशको रुपमा देशको स्वाभिमानलाई गिराउने गरि शब्द चयन गरेको देखिन्छ । अर्कोतर्फ देशको गरिमामय पदमा रहेका ब्यक्तिलाई व्यंग्य गर्नु र पदिय मर्यादा सिकाउनु त अवस्य पर्छ तर अलि अपहेलित शव्द (यमराज) प्रयोग गरेर व्यंग्य गर्नु राष्ट्रको व्यंग्य गर्नु हो । त्यस्तै कुनै संस्था वा समुह विशेषको भिडियो वा फोटो प्रस्तुत गरेर समूह वा ब्यक्तीमाथी अपहेलित र निच शब्द गर्नु उपयुक्त हुँदैनथ्यो र नेपाली स्वाभिमानी जनतालाई पनि लुटेरा समान दाजिएको देखिन्छ । यिनै शव्द चयनमा ध्यान पुर्याउन नसक्नु नै मुख्य कमजोरी देखिन्छ ।
गायक शर्माले नेपाली तमाम स्रोताको सुझावलाई मनन गर्दै यस्तै शव्द चयनमा भएको आफ्नो कमजोरीलाई स्वीकार गर्दै त्यस्ता शब्दहरुलाई परिमार्जन गरेर बजार ल्याउने भन्दै युटुव च्यानलबाट उक्त गित हटाएका छन् । गायक शर्माले यिनै देखिएका कमजोरीलाई परिमार्जन गरेर बजारमा ल्याउने समेत बताएका छन् । यसरी परिमार्जन गरि बजारमा ल्याउदा उपयुक्त, समय सान्दर्भिक हुने, धेरै दर्शकमाज पुग्ने, रुचाउने र चर्चा कमाउने देखिन्छ ।
(लेखक गौतम अनेरास्ववियु जिल्ला कमिटी बागलुङका सदस्य हुनु ।)
२०७५ फागुन ७ गते प्रकाशित










