
बागलुङ, ६ फागुन
प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशमा पुरुष क्रिकेट छनौट सुरु भएको छ ।
छनौट प्रतियोगिता अन्तरगत सोमबार पोखरामा भएको उद्घाटन खेलमा पोखरा र बागलुङले विजयी हात पारेका छन् ।
सोमबारको पहिलो खेलमा पोखराले लम्जुङलाई १० विकेट र दोस्रो खेलमा बागलुङले गोरखालाई ६ विकेटको जित हात पारेका थिए ।
दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गोरखाले दिएको ७७ रनको लक्ष्य बागलुङले १२.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।
बागलुङको जितको लागि अनिस जिसीले १२ बलमा २१ रन र सगुन कार्कीले ४० बलमा १९ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गरेनन् ।
गोरखाको लागि सन्तोष कमल श्रेष्ठले ३.२ ओभरमा १५ रन खर्चेर २ विकेट लिएका थिए ।
पहिले व्याटिङ गरेको गोरखाको लागि अनुप श्रेष्ठको १२ रन र प्रेम सिंह कार्कीको ११ रनको मद्धतमा १७.२ ओभरमा ७६ रनमा अलआउट भएको थियो ।
गोरखालाई सस्तैमा समेटने क्रममा खेलको म्यान अफिदि म्याच बनेका बागलुङका सन्दिप पन्तले ४ ओभरमा २ रन खर्चेर २ मेडन सहित ४ विकेट लिएका थिएभने सुवास खत्रीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।
छनौट प्रतियोगितामा बागलुङले मंगलबार लम्जुङसँग खेल्ने छ ।










