
बागलुङ, ६ फागुन ।
प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पोखरामा सम्पन्न गण्डकी प्रदेश छनोटमा ह्याण्डबल खेल तर्फ बागलुङले रजत पदक प्राप्त गरेको छ ।
सोमबार पोखरामा भएको फाइनल खेलमा कास्कीसँग पराजित हुँदै बागलुङले रजत पदकमा चित्त बुझाएके हो ।
फाइनल खेलमा कास्कीसँग बागलुङ ३६–१० गोल अन्तरले पराजित भएको थियो । त्यसै गरि ह्याण्डबलमा नवलपुरले स्याङजालाई पराजित गर्दै काश्य पदक जितेको छ ।
छनोट अन्र्तगत सोमबार आइटिएफ तेक्वान्दोका खेलहरु सम्पन्न भएको छ । विजेता खेलाडीलाई पगण्डकी प्रदेश सांसद कृष्ण थापाले पदक तथा प्रमाणपत्र वितरणको गरेको खेलाडी व्यवस्थापन समितीका संयोजक दिपक तिमिल्सिनाले बताए ।










