अमर आदर्शको १६ औं वार्षिकोत्सव सुरु

बागलुङ, ६ फागुन
अमर आदर्श आवासिय माध्यमिक विद्यालय बागलुङको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबारबाट सुरु भएको छ ।


बार्षिकोत्सवको अवसरमा पहिलो दिन सोमबार भएको मावि स्तरिय (कक्षा ९–१०) भलिबल खेलमा कक्षा १० का विद्यार्थीहरुको समुह प्रथम भएको विद्यालयका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी दिनुभयो ।


आजै लठ्ठो तान्ने प्रतियोगिता, चेस, घैटोफोर, बास्केट फिलिङ, शियो धागो, स्पेल कन्टेस्ट, चक्लेट रेस, बुक ब्यालेन्स खेलहरु संचालन भएका थिए । बार्षिकोत्सवको अवसरमा भोलीदेखि बास्केटबल, फुटसल प्रतियोगिता, म्युजिकल चियर, ब्याडमिन्टन, अन्तरविद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता, डे«स रेस, म्याथ रेस र मनोरञ्जनात्मक कार्यक्रमहरु हुने विद्यालयले जनाएको छ । बार्षिकोत्सवको समापन १० गतेसम्म हुनेछ ।