प्रजातन्त्र दिवसका अवसरमा फलफुल वितरण

बागलुङ, ६ फागुन ।
प्रजातन्त्र दिवसको अवसरमा धौलागिरि अञ्चल अस्पतालका बिरामीहरुलाई फलफुल तथा दुध वितरण गरिएको छ । जिल्ला समन्वय समिति बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा बिरामीहरुलाई फलफुल तथा दुध वितरण गरिएको हो ।
सोमबार बिहान आयोजना गरिएको फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, बागलुङ नगरपालिकाका नगरउपप्रमुख लगायतले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो ।
एक सय चार वर्षको जहानीया राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको रुपमा फागुन सात गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाइदै आएको छ । जनक्रान्तिको माध्यमबाट राणाको पारिवारिक शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनलाई गौरवलाई सम्मान गर्दै प्रजातन्त्र दिवस मनाइदै आएको थियो ।
बागलुङमा दिवसको पूर्वसन्ध्यामा धौलागिरि अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल तथा दुध वितरण गरिएको र भोली विहान बागलुङ बजारमा प्रभातफेरी सहित विशेष कार्यक्रमको आयोजना गरिएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।