
बागलुङ, ६ फागुन
साविक धौलागिरीका तीन जिल्लालाई लक्षित गरी बागलुङमा महिला बन्दी गृह बनाउने निर्णय भएको छ ।
बागलुङ, पर्वत र म्याग्दीका अन्तर जिल्ला समन्वय समितिको सोमबार बागलुङमा सम्पन्न बैठकले तीनै जिल्लाका महिला बन्दी गृह एकै ठाउँमा बनाउने सहमति गरेका हुन । बैठकले म्याग्दी र पर्वतमा पुरुष बन्दी गृह बनाउने निर्णय गरेको छ ।
तीनै जिल्लामा महिलाको लागि छुट्टै बन्दीगृह नहुँदा पुरुषको लागि निर्माण गरिएको बन्दीगृहलाई विभाजन गरी कारागार व्यवस्थापन हुँदै आएको छ । कारागारका ब्यवस्थान एबं क्षमता विस्तारका लागि नयाँ कार्यको सुरुवात भएको बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाख खरेलले जानकारी दिए ।
५० जना क्षमताको बन्दीगृह निर्माणको निर्णय गृहमन्त्रालय र कारागार बिभागमा पठाईने र अनुमति प्राप्त भए लगतै कार्यान्वयनमा जाने प्रमुख जिल्ला अधिकारी खरेलको भनाई छ । बागलुङमा उच्चअदालत पोखरा बागलुङ इजलास समेत रहेको हुँदा सबैको सहमति रहेको बताइएको छ ।
बैठकले कालिगण्डकी नदी दोहनलाई न्युनिकरण, पुलहरु कलभर्ट बिद्युत प्रसारण स्टेशन, नदी किनार, मठ मन्दिरहरु धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाको संरक्षणको लागि जिल्ला समन्वय समिति, स्थानीय तहसँग सुरक्षा आदनप्रसाद तथा व्यवस्थापनको काम गर्ने निर्णय गरेको छ ।
बागलुङ्ग पर्वत र म्याग्दी जिल्लाका सिमानामा सवारी साधनको चेकजाच गरी सडक अनुशासन कायम गर्ने, सिमाना तथा नाकाबाट अन्य जिल्लाबाट भित्रिन सक्ने लागु औषध कालिगण्डकीको शालीग्राम लगायत पुरातात्वीक बस्तुहरुको ओसार पसार, नदिमा करेन्ट तथा बिस्फोटक पदार्थद्धारा माछा मार्ने गैरकानुनी कार्य रोकन तथा सिमाक्षेत्रमा हुने बिपद ब्यवस्थापनमा समेत सहकार्य गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बागलुङ्गका सुचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।
बागलुङ्ग पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको सोमबार बागलुङ्गमा बसेको बैठकले तिनवटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङ्गमा महिला बन्दी गृह र म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दी गृह बनाउने निर्णय भएको छ । हाल जिल्ला कारागार बागलुङमा ९५ जना पुरुष १४ जना महिला र एक जना नावालिका गरी १ सय १० जना कैदी बन्दी रहेको कारागारका छन ।










