सरकारको समृद्धिको नारा र एक बर्षे कार्यकाल

ईश्वर गौतम
केपि ओली नेतृत्वको दुईतिहाइ बहुमत प्राप्त बर्तमान सरकार बनेको शुक्रबार एक बर्ष पूराभएकोछ । देश एकात्मक केन्द्रीकृत शासनबाट संघियशासनमा गैसकेपछी संघियताको नयाँ अभ्यास र कार्यन्वयनको जगमा बनेको बर्तमान सरकारले जनस्तरमा देखिनेखालको केही काम गर्नसकेन भन्ने आरोप खेपिरहेको तथा हाछ दैछत र तीन तहका सरकारको ब्यब्स्थापन गर्नु, वैदेशिक नीतिमा सुधार छिमेकी राष्ट्र बिचको सम्बन्ध सुधार, सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक ऋण दिने ब्यबस्था, सहुलियत दरमा ऋण दिने ब्यबस्था, आर्थिक राजश्वको ब्यबस्थापन र वृद्धि, पारवहन सन्धि जस्ता महत्वपूर्ण कामहरू भएका छन् भने निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु, वाइड्बडी विमान प्रकरण जस्ता केही विवादास्पद निर्णयमा देखिएको कमजोरीलाई पनि नजरअन्दाज गरेरसरकार पुर्णसफल रह्यो भन्न त मिल्दैन । तर हाम्रो जस्तो राजनीतिक अस्थिरताले ग्रस्त मुलुकमा बर्तमान सरकारले नयाँ शासन प्रणालीको अभ्यास पनि राष्ट्रियताको सवालमा,राष्ट्रको छविलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने, मुलुकी देवानी ऐन संसोधन रविभिन्न १०० भन्दा बढी कानुन निर्माण देशमा एउटा थिती बसाल्ने र चिकित्सा शिक्षा विधेक पारित, थिलोथिलो भएको अर्थतन्त्रको सुधार जस्ता महत्वपूर्ण कामलाई हेर्दा एक बर्षे कार्यकाल सन्तोषजनक नै रहेको देखिन्छ ।
संविधान निर्माणसँगै गत बर्ष भएको निर्वाचनमा बाम एकता गरेर शुसासन, समृद्धि रसमाजबादको नारा लिएर निर्वाचनमा होमिएका दुई कम्युनिस्ट पार्टी जनताबाट निर्वाचित भएर सरकारको नेतृत्व गरेको एक बर्ष पूरा भएकोछ । सधैं राजनीतिक अस्थिरताले ग्रस्त मुलकमा अहिले पाँच बर्षका लागि जनादेश प्राप्त सरकारको एक बर्षे कार्यकाललाई हेर्दा समृद्धि रसमाजवाद तर्फ लम्किरहेको देखिन्छ । गत फागुन ३ गते केपि ओली नेतृत्वमा बनेको बर्तमान सरकारले सामान्य केही बिवादास्पद निर्णय बाहेक कुनै नराम्रो काम गरेको छैन भने जनस्तरमा देखिने र प्रस्तुत गरिहाल्ने काम पनि गरेको छैन । तरराष्ट्र, राष्ट्रियता, अखण्डता, सार्वभौम सत्ताको रक्षा र भावी पुस्ताको भबिश्य र समाजबाद उन्मुख कार्यलाइ अगाडि बढाएकोछ । छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको छ । भारतको दादागिरी घटेको छ ।
बिराटनगरको फिल्ड अफिस हटेको मात्र होइन द्विपक्षीय बिषयमा समानता स्वतन्त्रताको आधार निर्माण गरेको छ । २०४६ सालको बहुदलीय ब्यबस्थापछि बनेका जुनसुकै सरकारकोपालामा राष्ट्रियताको घाऊँ बल्झिने गरे पनि यो सरकारबनेदेखि त्यो घाऊँ अहिलेसम्म देखिएको छैन । अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको द्वावर हस्ताक्षेपलाई अटेर गरेरअघि बढ्ने आत्मबिश्वास मुलुकले आर्जन गरेको छ । यसरी राजा महेन्द्रको शासनकाल यता पहिलो पटक भारतले नचाहेका कुराहरु नेपालमा भैराखेका छन् । राष्ट्रको मामिलामा सरकार चुकेको देखिदैन । ओलीको बहुआयामिक रदुर्गगामी बिदेश नीतिले नेपाल र नेपालीको शान रमान बढाएको छ । यो चानचुने उपलब्धि होइन । त्यस्तै उत्तरी छिमेकी सँगको पारवहन सम्झौता यो शताब्दीकै ठूलो उपलब्धि मानिन्छ । नेपालको सार्वभौम सत्ताको रक्षा र प्रयोगमा मात्र होइन नेपालको अर्थतन्त्र बिकास र भारतसँगको एकात्मक ब्यापारको अन्त्य गर्दै यो सन्धिले नेपालको ब्यापारलाई बिश्व सामु लैजाने बाटो खुला गरेको छ । यसले तत्कालीन रुपमा मात्र नभई नेपालको युगिन भबिश्य समेत निर्माण गरेको छ ।
सरकार निर्माणका बेला मुलुकको अर्थतन्त्रमा आएको गिरावटलाई सुदृढ गर्दै बढिरहेको व्यापारघाटा घटाउने साधनस्रोतको उच्चतम उपयोग गरि देशको आर्थिक बिकासलाई महत्वका साथ अघि बढाएको पाइन्छ । मुलुकका कुनाकुनामा शिक्षा लिनबाट बन्चित बालबालिका शिक्षाको मुलधारमा ल्याउने उद्देश्यले एक ब्यक्ति एक भर्ना कार्यक्रमको सुरुवात गर्दै कयौं बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने महत्वपूर्ण काम र आर्थिक रुपमा बिपन्न सिमान्तकृत समुदाय तथा लक्षित बर्गका बिद्यार्थीहरुलाई उच्च प्राबिधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि पाँच प्रतिशत ब्याज अनुदानमा शैक्षिक ऋण उपलब्ध गराउने, उच्च शिक्षा उत्तीर्ण गरेका युवाहरूलाई व्यवसायमा आकर्षित गर्न ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म ऋण उपलब्ध गराउने, बिदेशबाट फर्केका युवालाई सीप प्रमाणिकरण गरि १० लाखसम्म ऋण उपलब्ध गराउने, गरिविको रेखामुनि रहेका घरपरिवारलाई सुरक्षित अवासको निर्माण आफै गर्न चाहेमा प्रतीपरिवार जस्तापाता र सहुलियत दरमा काठ खरिदको लागि ५० हजार अनुदान दिने ब्यवस्था कर्यान्वनमा ल्याइ सकेको छ । यी कार्यक्रम पनि समृद्धि हासिल गर्ने र जनस्तरउकास्न महत्वपूर्ण देखिन्छन् । यी लगायत सामाजिक सुरक्षा कार्यक्रम र बेरोजगारलाई रोजगार र रोजगार नभए रोजगार भत्ता उपलब्ध गराउने प्रधानमन्त्री रोजगार कार्यक्रम पनि शुभारम्भ भै कार्यन्वयनतर्फ रहेका छन् ।
यस्तै सिंहदरवारको अधिकार गाउँ–गाउँ पु¥याउने र प्रदेश र स्थानीय तहलाई अधिकार समपन्न बनाउने, जनतालाई सेवा सुबिधा उपलब्ध गराउने उद्देश्य अनुरुप प्रदेशमा वैदेशिक रोजगार सेवा कार्यालय स्थापना गरि श्रम स्वीकृत कार्यक्रमको सुरुवात गरेको छ भने बन्द रहेका केही उद्योग कारखाना पनि संचालनमा ल्याएको छ । यी लगायत बिकास निर्माण र राष्ट्रिय गौरवका योजनाहरु निर्माण रबिकासलाई पनि बर्तमान सरकारले तिब्रताका साथ अगाडि बढाइरहेको छ । मधेसमा हुलाकी राजमार्ग, बबई सिचाँई आयोजना अगाडि बढेका छन् । यसले तराई मधेसको बिकासमा पनि सरकार संबेदनशिल छ भन्ने देखाउँछ । यी मधेशका बाहेक देशभरका मेलम्ची खानेपानी योजना, धरहरा निर्माण, कालीगण्डकी करिडोरबिस्तार योजना, निजगढ अन्तराष्ट्रिय बिमानस्थल, काठमाडौ निजगढ दुर्तमार्ग, पोखरा बिमानस्थल, भैरहवा बिमानस्थल लगायतका थुप्रै बिकास निर्माणका योजनाहरु तिब्रताका साथ अघि बढि रहेका छन्भने आर्थिक बर्षको नीति कार्यक्रममा रहेका थुप्रै योजनाहरु कार्यान्वयनको चरणमा रहेको देखिन्छ । यसरी सरकारका मद्रुत गतिमा चलिरहेका छन् ।
तर निराशा किन ?
पाँच बर्षका लागि जनादेश प्राप्त बर्तमान सरकारको एक बर्षमै निष्कर्ष निकाल्न पक्कै पनि अपरिपक्क र हतारो हुन्छ । त्यसमा पनि संघिय राज्य ब्यबस्थाको पहिलो अभ्यास र त्यो सँग जोडिएरकानुन निर्माण गर्नुपर्ने बाध्यताले पनि सरकारको ध्यान अन्यत्र जान नसकेको कुरालाई नकार्न मिल्दैन । अर्को तर्फ सरकारले गरेका राम्रा काम पनि दुई पार्टीको एकता समपन्न भएपनि सबै तहका कमिटीको समायोजनमा ढिलाइ भैरहेको छ । जसकारण सरकारले गरेका कामको पनि प्रचार हुन रजनस्तरसम्म पुग्न सकेको छैन् ।
त्यस्तै सरकारले गरेका केही बिबादास्पद निर्णय रनिर्मला पन्तको ह्त्यारा पत्ता लगाउन नसक्नु जस्ता केही घटना, सिन्डिकेट घोषण गरेपनि पछि कार्यन्वयनमा जोडन दिनु, निर्वाचनको वखतमा चुल्याइएको जनअपेक्षा तत्काल प्राप्तिको अभिलाशा, प्रधानमन्त्रीको कहिलेकाहीको खरो बोली, मन्त्रीहरुका केही बिपादास्पद निर्णय नौं–नौं महिनामा फेरिने सरकारबाट प्रभावित बियुरोक्रेसीलाई पनि दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि तह लगाउन नसक्नु नै जनस्तरमा देखिएका निराशाका प्रमुख कारणहरु हुन तर यिनै कारण देखाउदै सरकारले गरेका राम्रा काम रसमृद्धिको यात्रालाई नजरअन्दाज गर्नु उपयुुक्त हुँदैन ।
अन्त्यमा, बर्तमान केपि नेतृत्वको कम्युनिस्ट सरकारले देखाएको सपना, समृद्धि, सुशासन रसमाजबादको नारालाई पूरा गर्न प्रधानमन्त्रीको खटाइ र एक बर्षे कार्यकाललाई भित्री रुपमा हेर्दा प्रशंसा योग्य नै रहेको छ । तत्काल गर्न सकिने प्रकृतिका कामहरु गर्न नसके पनि राष्ट्र निर्माणको जग बसाल्न ओली सरकार खटिएकै देखिन्छ । तर ओलीको खटाइसँगै कतै मन्त्रीहरुको खटाइ भने नमिलेको होकी भन्ने देखिन्छ । यसरी प्रधानमन्त्री ओलिको एकलो खटाइले चुलिएको जनआक्रोश साम्य पार्न सम्भव छैन ।
त्यसैले प्रधानमन्त्रीले घोषणा गरेको नारा सुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न सबैले सहयोग गर्ने जरुरत देखिन्छ । यसरी एक बर्षे कार्यकालमा केही महत्वपूर्ण काम तीन तहको सरकारको ब्यबस्थापन, छिमेकीसँगको मित्रता, आर्थिक बर्षको नीति तथा कार्यक्रममा समाबेश गरिएका भिजिट नेपाल बर्ष २०२०, स्वास्थ बिमा कार्यक्रम लगायत सरकारले चालेका कदम र एक बर्षे कार्यकालले समृद्धि सुशासन रसमाजवादको जग बसाउने काम पूरा गरेको छ । यहि हिसाबले दुर्तगती अघि बढे आफ्नो कार्यभार पूरा गर्ने आकलन गर्न सकिन्छ ।

 

२०७५ फागुन ६ गते प्रकाशित