विहुँमा निःशुल्क स्वास्थ्य शिविर

भरतप्रसाद सापकोटा
बागलुङ (विहुँ), ३ फागुन
बागलुङको काठेखोला गाउँपालिका–५ विहुँमा बिहीबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ७ सय जनाले सेवा लिएका छन् ।
जापान समाज विहुँकोटकको आयोजना, विहुँकोट समाज जापान केन्द्रीय कार्यालय टोकियो, र शाखा कार्यालय कान्साई क्षेत्रको आर्थिक सहयोग र साहारा अस्पताल पोखरा, ओम डेन्टल होम बागलुङको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थय शिविरमा काठेखोला गाउँपालिका वडा नम्बर १,२,४,५,६, ८ र गल्कोट नगरपालिकाका विरामीहरुले सेवा लिएका थिए ।
सो निःशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोगका तीन सय १० जना, पेट छाती, मुटुरोगका तीन सय जना, महिला रोगका दुई सय १० जना, दाँत रोगका दुई सय १० जना, भिडियो एक्सरे गर्ने दुई सय ४० जना, सुगर रोग सम्वन्धी दुई सय ५० जना र बाल रोगका एक सय ७० जना गरि एक हजार सात सय जना विरामीहरूले निःशुल्क स्वास्थ परीक्षण गराएका छन् । शिविरमा आएका अधिंकाश विरामीहरुमा बाथरोग, युरिकेसिड, नसा खुम्चिएको, ढाड दुख्ने, नशा झमझाउने, महिला सम्बन्धि सेतोपानी बग्ने, योनी चिलाउने, पाठेघर दुख्ने, तल्लो पेट दुख्ने, कट्टि कम्बर खाने लगायत समस्याहरु देखिएको महिला रोग विशेषज्ञय डा सरोज अधिकारीले बताउनुभयो ।
जापान समाज विहुँकोटका अध्यक्ष गौरिशङ्कर सुवेदीको अध्यक्षता, सदस्य ज्ञानकुमारी श्रीस शर्माको स्वागत र जापान समाज विहुँकोटका सहसचिव सुदर्शन कंडेलको संचालनमा सम्पन्न भएको शिविरको उद्घाटन समारोहमा अर्जुन वाण गणका गणपति भुवनराज देवकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।