बाबाको सम्झानामा विद्यालयलाई टेलिफोन सेट सहयोग

बागलुङ, २ फागुन ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरको थानपति आधारभुत विद्यालयलाई स्वर्गिय बाबाको सम्झनामा एक परिवारले टेलिफोन सेट सहयोग गरेको छ ।
विद्यालयको ४६ औं वार्षिकोत्सवको अवसरमा जापानमा रहेका इश्वरी प्रसाद घिमिरे, हरिप्रसाद घिमिरे र नेपालमै रहेका रामप्रसाद घिमिरेले आफ्ना आमा चेमकली घिमिरे र स्वर्गिय बाबा चन्द्रमणि घिमिरेको नाममा एक सेट (ल्यानलाईन) टेलिफोन सेट हस्तान्तरण गरेका हुन । आफुहरुले पढेको विद्यालयमा बुबाको सम्झानामा टेलिफोन सेट सहयोग गरेको रामप्रसाद घिमिरेले जानकारी दिए ।
सुचना सञ्चारको बढ्दो प्रयोगले मानबिय जीवन सरल र सहज बनाईरहेको समयमा आफु पढेको विद्यालयमा पनि उक्त सहजताको आशा सँगै टेलिफोन सेट हस्तान्तरण गरेको राम प्रसाद घिमिरेले बताउनुभयो । ‘हामीले आफुहरुले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने योजना बनाएका थियौं,’ घिमिरेले भन्नुभयो–‘टेलिफोनले विद्यालयको प्रशासनिक साथै संस्थागत प्रबद्र्धधनमा सहयोग पुग्ने उद्देश्यले टेलिफोन सहयोग गरेका हौं ।’
जिवनको ज्योति फैल्याउने शिक्षाको मन्दिर बिद्यालयलाई सहयोग गर्ने यो सह्रायिन कार्य सबैले अनुशरण गर्न सके हरेक समाजका शेक्षिक सस्थां सुदृढ हुनेमा कुनै दुईमत छैन ।