
भरतप्रसाद सापकोटा
बागलुङ, २८ माघ
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोट पखरा स्थित अमर माध्यमिक विद्यालय ले ५३,औ बार्षिकउत्सव समारोह सम्पन्न भएको छ ।
हरेक बर्ष सरस्वति पुजा कै दिन बिहानै बिद्यालय मा रहेको सरस्वति माताको मन्दिरमा बिधिवत पुजाअर्चना आरम्भ गरिएको विद्यालयका प्रवक्ता दामोदर पौड्याले जानकारी दिए ।
सो कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथि एवं पुर्व गाबिस अध्यक्ष कमलापति कडेंल बोल्दै बिद्यार्थि हरु को गहना अनुसास भएकाले शैक्षिक उपल्बधि लाई उचित ठाउँ मा प्रयोग गर्न अनुसासित र विद्यार्थि को ईच्या शक्ति चाहिने बताउदै स्थापना कालम निक्कै दुखकष्टले स्थापना गरेको यस विद्यालय नमुना विद्यालय रुपमा सुचिकृत हुनु यस क्षेत्र को गौरव बिषय रहेका उहाँ भनाई थियो ।
सो अवसर विद्यालय को आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राधानाध्यापक भिष्म कडेंल ले ०७४र७४को लेखारिक्षण प्रतिवेदन अनुसार कुल बचत १करोड ७०,लाख एक्काईस हजार छ सय नव्बे पैसा रहेको र यस शैक्षिक सत्र नेपाल सरकार बाट नमुना बिद्यालय कार्यक्रम मार्फत प्राप्त, १ करोड १ लाख सतहत्तर हजार ३ सय ५८ रुपैया विद्यालयको आन्तरिक आम्दानि रु २८ लाख ९७ हजार सात सय ४९ कुल आम्दानि रु १ करोड ३० लाख ७५ हजार सात सय सात रुपैया र कुल खर्च रु १ करोड १५ लाख ५० हजार चार सय त्रिचालिस रुपैयाँ जानकारी गराउदै गत आर्थिक बर्ष ७३र७४ कुल बचत रु १करोड ५४लाख ९७ हजार रहेको बताएका छन् ।
सो कार्यक्रम मा़ वडा सदस्य खगिसरा न्यौपाने जिपि फाउन्डेसन को अध्यक्ष महेन्द्र प्रसाद कडेंल बिहुँकोट समाज जापान का अध्यक्ष देबिलाल सुवेदि निर्माण समितिका संयोजक ग्यामनाथ कडेंल महिला नेतृ ग्यानकुमारी श्रीस बिद्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम पुन कर्लिम आधार्भुत विद्यालय का प्र अ गौरिशंकर सुवेदि पुर्व विद्यायार्थि हरु नारायऩणदत्त कडेल दिपक कडेंल गंगा प्रसाद कडेंल राजु सापकोटा लगाएत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो कार्यक्रम मा हाल आएरल्याड मा अध्ययन गर्दै आएक पुर्व विद्यार्थि समाज का संयोजक नायणदत्त कडेल द्वारा विद्याल १, सेट ईनसाईक्लोपिडिया पुस्तक हस्तान्तरण गरेका थिए भने बिहुँकोट समाज जापानका संस्थापक अध्यक्ष रिसिराम कडेंल र यस संस्थाकै कोषाध्यक्ष दिपक कडेंलद्वारा डिजिटलाईज प्रविधिबाट अध़्ययनमा सहयोग पुर्याउने उद्धेश्यले प्रोजेक्टर हस्तान्तरण गरेका थिए । सो विद्यालय स्थापित सुवेदि बालाकृष्ण गौरी अक्षय कोष पद्यमनाथ सापकोटा अक्षय कोष जगुपति सरस्वति अक्षय कोष अमृता स्मृति अक्षय कोष मणिभद्र अक्षय कोष परमानंन्द नन्दकलि अक्षय कोष लगाएतका अक्षय कोषहरुबाट प्राप्त रकमबाट जेहनदार मेहनति उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थिहरुलाई पुरस्कार र नगदि समेत हस्तान्तरण गरिएको थियो ।
बिद्यालयका निप्रअ रघुपति कडेंलले स्वागत गर्नुभएको कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष शिव कडेंलको अध्यक्षतामा सम्पन्न कार्यक्रम को संन्चाल शिक्षक गणेश प्रसाद कडेंल गरेका थिए ।










