
बागलुङ, २८ माघ
बागलुङ बजारको श्रीनगरटोलको एक घरमा आगलागी भएको छ । सोमबार विहान मनरुपा विश्वकर्माको घरमा कोठाभाडा गरि बस्ने पार्वती विश्वकर्माले खाना पकाउने क्रममा ग्याँस लिग भई आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पार्वती विश्वकर्माको कोठामा रहेका २ ओटा ग्याँस सिलिन्डर, १५ हजार रुपैयाँ पैसा, किचन ¥याक, भाडा, कपडाहरु जलेर नष्ट भएका छन् ।
आगो स्थानिय र प्रहरी र दमकलको सहकार्यमा नियन्त्रणमा आएको थियो ।










