
बागलुङ, २६ माघ
धौलागिरी ईङ्गलिस बोर्डिङ स्कुल बागलुङको छैठौं वार्षिकोत्सव शुक्रबारदेखि सुरु भएको छ ।
बार्षिकोत्सवको अवसरमा शुक्रबार रस्साकस्सी प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, चकलेट दौड प्रतियोगिता, घैटोफोर प्रतियोगिता सम्पन्न भएको विद्यालयका इन्चार्ज सन्दिप कार्कीले जानकारी दिनुभयो ।
बार्षिकोत्सवको अवसरमा आज शनिबार विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुनेछ । विद्यालयको वार्षिकोत्सवको मुलसमारोह सोमबार श्रीपञ्चमीको दिन हुनेछ ।










