धौलागिरी बहुमुखी क्याम्पसको बार्षिकोत्सवः फुटबलमा अमृत, विद्यामन्दिर र मुलपानी विजयी

बागलुङ, २५ माघ
धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर कलेज फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै गएको छ ।
प्रतियोगिता अन्र्तगत शुक्रवार तिन खेल सम्पन्न भएकोमा अमृत आदर्श मावि, बिद्या मन्दिर मावि र मुलपानी माविले अघिल्लो चरणको यात्रा तय गरेका छन् ।


शुक्रवारको पहिलो खेलमा आयोजक धौलागिरी बहुमुखी क्याम्पस बिरुद्ध अमृत आदर्श माविले १–० को रोमाञ्चक जित हात पारेको छ । दोस्रो खेल न्यू ओयसिस एकेडेमी र बिद्या मन्दिर मावि बिच निकै प्रतिस्पर्धात्मक बन्यो । तर निर्धारित समयको खेल गोल रहित बराबरीमा रोेकिए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो । उक्त खेलमा बिद्या मन्दिर ४—३ गोल अन्तरले बिजयी भएको थियो ।
क्वाटर फाइनलको तेस्रो खेलमा मुलपानी माविले भिमसेन क्याम्पस बिहुँलाई ३—१ गोल अन्तरले पराजित गरेको थियो ।
शनिवारको पहिलो क्वाटर फाइनलको खेल गरिमा मावि र बिद्या मन्दिर मावि बिच हुनेछ । उक्त खेलको बिजेताले यसअघि नै सेमीफाइनल यात्रा तय गरेको अमृत आदर्श मावि सँग खेल्नेछ । सेमीफाइनलमा चिल्डेन लाइफ र मुलपानी मावि भिड्ने फुटबल प्रतियोगिता संयोजक रमेश खड्काले जानकारी दिनुभयो । शनिवार सेमीफाइनलका सबै खेल सकेर आइतवार फाइनल खेलाइने उहाँले बताउनुभयो ।