
नवीन शिशिर
बागलुङ, २४ माघ
बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्र भारी हिमपातले चिसो बढे पछि जंगली जनावर चरी बाघ न्यानोको खोजीमा स्थानीय गोठमा प्रवेश गरेको छ ।
ढोरपाटन शिकार आरक्ष र सो आसपासको क्षेत्रमा बुधबार रातीदेखिनै बाक्लो हिमपात भए पछि ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरको गोठमा एक वटा चरी बाघ भेटिएको हो ।
चारी बाघ गोठमा राखेको स्याउलमा गुडुल्कीएको अवस्थामा रहेको ढोरपाटन शिकार आरक्षका कार्यरत वन रक्षक विरबहादुर थापाले जानकारी दिए । बाघलाई उद्धारको लागी कुनै सुरक्षित औजार नभएको कारण गोठ आसपासमा स्थानीयलाई प्रवेश निषेध गरिएको छ ।
वयस्क अवस्थाको चरी बाघले मानवीय क्षती पु¥याउन सक्ने भएकाले स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । हिउँ पग्न थाले पछि बाघ सुरक्षित स्थानमा जाने अपेक्षा गरिएको छ । हिमपातको कारण स्थानीयलाई बाहिर निष्कन समेत गर्न गाह्रो भएको छ ।










