
बागलुङ, २३ माघ ।
अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले जितेको छ ।
बागलुङ बजारमा रहेको युनिभर्सल सवलायम एकेडेमीले मंगलबार आयोजना गरेको प्रतियोगताको फाइनल खेलमा आयोजक युनिभर्सल सवलायम एकेडेमीलाई ३२–३६ नम्बरले पराजित गर्दै कालिका कन्याले उपाधि जितेको हो ।
कवड्डी प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले विद्यालयले खेलकुदको विकासको लागि स्पोट्र्स क्बल नै गठन गरी यस्ता कार्यक्रमको आयोजना गर्नु खुशीको कुरा भएको बताउनुभयो । कार्यक्रममा जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष संदिप पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रिन्सिपल दल थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत शिक्षक डोलेन्द्र कार्की र संचालन भिम शर्माले गर्नुभएको थियो ।
१३ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेता कालिका कन्या मन्दिरले ३ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा जिल्ला कबड्डी संघले प्राविधिक सहयोग गरेको थियो ।










