बागलुङ, १९ माघ
अत्याधिक चिसोका कारण बागलुङको ढोरपाटनमा एक पुरुषको मृत्यु भएको छ ।
चिसोको कारण ढोरपाटन नगरपालिका–।६ अधिकारीचौरका ५६ बर्षिय दिलबहादुर भण्डारीको मृत्यु भएको स्थानीय इन्द्र साहीले जानकारी दिनुभयो ।
शुक्रबार सांझ अधिकारीचौरदेखि ढोरपाटन नवी गाउँ जान घरबाट निस्केका भण्डारी परिवारको सम्पर्कमा नरहे पछि खोजी गर्दै जाँदा शनिबार ढोरपाटन नगरपालिका–९ बिजौरीखोला गाउँ नजिकैको चौरमा मृत अवस्थामा शव फेला परेको थियो ।
ढोरपाटनमा गत हप्तादेखि निरन्तर हिमपात भएका कारण अत्याधिक चिसो बढेको छ । मृतक भण्डारी बाटो हिंड्दै गर्दा साँझपखको अत्याधिक चिसोका कारण मृत्युु भएको हुनसक्ने आशंका गरिएको छ ।










