बागलुङ नगरभित्रका अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने

बागलुङ, १८ माघ
बागलुङमा बागलुङ नगरपालिका भित्रका विद्यालयहरुको शिक्षकहरु विच भलिबल प्रतियोगिता हुने भएको छ ।
बागलुङको कालिका कन्या मन्दिर माविको आयोजनामा माघ २५ गते अन्तरविद्यालय स्तरीय शिक्षकहरु विच भलिबल प्रतियोगिता हुने भएको हो ।
श्रिपञ्चमीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा ८ टिम हुनसक्ने आशा गरिएको कालिका कन्या मन्दिर माविका शिक्षक सन्दिप पन्तले जानकारी दिए । जिल्लाका शिक्षकहरु विचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगिताको विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।