नबयुवक आधारभुत बिद्यालय बिहुँमा एक लाखको अक्षय कोष स्थापना

भरतप्रसाद सापकोटा
बागलुङ (विहुँ), १७ माघ
बागलुङको काठेखोला गाउँपालिका–५ विहुँको नवयुक आधारभुत विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरिएको छ ।
विद्यालयले आयोजना गरेको अर्धवार्षिक परिक्षाफल प्रकाशन तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा हिरा बहादुर शाहि पुन, छविमाया शाहि पुन (हाल बेलायत), भक्तबहादुर शाहि पुन र चित्रकुमारी शाहि पुनले आफ्ना स्वर्गिैय पिता खड्कबहादुर शाहि पुन र आमा गौरादेवी शाहि पुनको स्मृतिमा १ लाख १ सय १ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका शिक्षा अधिकृत हरि आचार्यले शिक्षा नै समाजमा चेतनाको स्तर वृद्धि गर्ने हुनाले बालबालिकाहरुको मनोभावनालाई हेरेर शिक्षण सिकाई गर्नुपर्ने बताए ।
कार्यक्रममा स्रोत व्यक्ति रमानन्द कंडेल, प्रधानाध्यापक देवनारायण सापकोटा, अभिभाकहरु भद्रि पुन, भक्त बहादुर शाहि पुन र जमुना बि.क. लगायतले बोलेका थिए । बालाकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षिका अमृता सुनार र सांलन शिक्षक मर सेजुवालले गरेका थिए ।