मन परेको फूलको बागलुङमा शनिबार विशेष च्यारिटि सो हुने

बागलुङ, १७ माघ ।
बागलुङ्गमा स्थानिय कलाकारद्धारा निर्मित चलचित्र मन परेको फुल प्रदर्शन हुने भएको छ ।
स्थानिय कलाकार हरी विश्वकर्माको लेखन र निर्देशन रहेको चलचित्र मन परेको फुल यहि माघ १९ गते शनिबार कालिगण्डकी फिल्म हल बागलुङमा च्यारिटि सो गरिने बिहीबार पत्रकार सम्मेलन गरेर टेलर सार्वजनिक गर्दै जनाएको छ ।
त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित फिल्मको प्रमुख नायक र नायिकामा बिसाल तामाङ्ग र आयुष्मा घर्ति मगर फिचरिङ छन्भने फिल्ममा अमीत गुप्ता, रोसन खत्री, सन्तोष परिवार, कामना खड्का, रामजी मायालु क्षेत्री, नविन सापकोटा, मिना तामाङ्ग र बाल कलाकार जोहन खड्का, श्रदा क्षेत्री र अनमोल विश्वकर्माको अभिनय रहेको छ ।
फिल्ममा बालपन र युवा अवस्थाको प्रेम, रोमान्श र द्वन्द्व रहेको निर्देशक हरी विश्वकर्माले जानकारी दिनुभयो ।
फिल्मको छायाङ्कन भारतको बिहारका केहि स्थान सहित म्याग्दीको रत्नेचौर, बागलुङका बागलुङ कालिका मन्दिर सहित केहि स्थानहरुमा गरिएको छ । निर्देशक विश्वकर्मा र कलाकारहरुको लगानी रहेको फिल्म १६ लाख रुपयाँको लागतमा निर्माण गरिएको बताईएको छ ।