
ईश्वर गौतम
डा. गोबिन्द के.सी एति बेला आम नागरिकको मुखमा झुन्डिएका छन् । डा. के.सी चिकित्सा शिक्षा सुधारका माग राख्दै धेरै पहिले देखि अनसनरत छ्न के.सी यतिबेला त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा १६ औं पटकको अनसनमा छन् । उनी अनशन रहेकै बेला सरकारले चिकित्सा शिक्षा बिधयेक माघ ११ गते विपक्षी दलको नाराबाजिका बिच बहुमतले पारीत गरेको छ । आम जनताको समर्थन पाएका डाक्टर केसि यतिबेला भने सबैको नजरमा गिरेका छन्। एक त के.सीआम जनताको स्वास्थ प्रती खेलवाड गरिरहेको आरोप खेपिरहेका छन् ।
जनताबाट उठेको कर बाट जागिर खाने र तिनै जनतालाइ उपचार नगरेर स्वास्थ संस्था जस्तो संबेदनशील क्षेत्रमा आन्दोलन गर्ने स्वास्थ सेवा ठप्प पार्ने र आम नागरिकको स्वास्थप्रति खेलवाड गरिरहेका छन् जस्का कारण एउटा ब्यत्तिको कारण धेरै सर्वसाधारण नागरिकले ज्यान गुमाए, दु.ख भोगे। चिकित्सा शिक्षा बिधेयक पारित हुनमा के.सिको भुमिका भने ठुलो छ यस्लाइ भने आम नेपालीले भुल्न हुदैन केसिले यो सघर्ष नगरेको भए चिकित्सा शिक्षा आयोग ,चिकित्सा शिक्षा बिधेयक बन्ने थिएन भन्ने आकलन गर्न सकिनछ यसरी हेर्दा चिकित्सा शिक्षा सुधारमा गरेको अनसनको आम नेपालीले समर्थन गरे म पनि केसिकै एउटा समर्थक थिए। तर केसिले आफ्नो जिम्मेवारी भुल्ने र अस्पताल जस्तो संबेदनसिल छेत्रमा आन्दोलन गर्ने हडताल गर्ने ,उपचारका,इमर्जेन्सी,ओपिडी, अन्तरङ्ग, बहिरङ,जस्ता सेवा बन्द गर्नु, कयौं नागरिक लाई दु.ख दिने काम भने गर्न केसिलाइ छुट छैन ।सरकारले चिकित्सा शिक्षा बिधेयकमा केसि अधिकाङ्श माग सम्बोधन गरेको छ। केसि एक ब्यक्त्ति हुन उनका माग ब्यक्तिगत माग हुन समुहगत होइनन् ।होलान् केसिका मागमा समर्थन गर्ने समुहहोला त माग र मुद्दा केसिका हुन।कुनै पनि ब्यक्ति का माग यसरि यति धेरै पूरा भएको पहिलो पटक नै हो भन्ने पनि सुन्नमा आएको छ। केसीका करिब ९५% माग बिधेयकमा सम्बोधन भएका छ्न तर केसी भने अनसनमै छ्न । हो केसीका शतप्रतिशत माग पूरा भएका छैनन् त्यो म मान्छु । तर संसद मा एउटा ब्यक्त्ती ले भनेका सबै माग पूरा हुन सक्दैनन एउटा जनतावाट निर्वाचित प्रतिनिधि साम्सद ले चाहेको पूरा हुन सक्दैन संसदको नेता वा प्रधानमन्त्री ले चाहेको नीति ऐन पनि पारित हुन सक्दैन डाक्टर केसि ले त्यो बुझेनन वा बुझेर पनि बुझ पचाए यत्रो विद्वान ब्यक्ति लाई बुझेनन भन्न संसदिए मर्यादा सिकाउन पनि आवश्यक ठान्दिन । र डाक्टर सावले सबै शतप्रतिशत माग पूरा हुनुपर्छ भन्ने हड त्याग्नुपर्छ । आम नागरिकले सोचेका थिए चिकित्सा शिक्षा बिधेयक पारित भएपछी उनले त्यस्को बिरोध गर्नेछैनन अनशन बस्न छाडनेछन । डाक्टर केसि अनसन बस्ने युगको अन्त्य भयो भनेर तर तपाईंले त्यो गर्नुभएन र आम नागरिकले तपाई आम जनताको लागि होइन आफ्ना ब्यक्त्तिगत स्वार्थ र केही ब्यक्ति को लागि अनसन बस्नुभएको हो तपाईं राजनीतिक दलको गोटि हो।प्रधानमन्त्री जस्तो सम्माननिय ब्यक्त्तिको स्वास्थ र औसधि लाई लिएर धावा बोल्ने डाक्टर केसि मानसिक रोगी हुन उनी नेपाली काङ्ग्रेस को गोटि हुन अहिले देशमा कम्युनिस्ट पार्टीको सरकार छ त्यो उनलाइ रुचेको छैन त्यो सरकारलाई बदनाम बनाउने केसिको उदेश्य हो भन्ने प्रमाणित गरेको छ र केसिको नियतिमाथी शंका उब्जिएको छ प्रस्नचिन्ह खडा भएको छ ।
डा.केसीले चिकित्सा शिक्षा सुधारका लागी धेरै सघर्ष गरेकै हुन जस्ले गर्दा नै आजको अवस्था आएको हो त्यस्लाई भने नजरअन्दाज गर्न मिल्दैन तर उनको हठ कतिन्जेल र के को लागि अब त अति भएन र सुरुसुरुका अनसन मा धेरैले सपोर्ट गरे मैले पनि सपोर्ट गरे । तर अहिले केसि के को हठ र तिक्डम देखाइराखेका छन् । शिक्षण अस्पताल केसिकै कारण तहसनहस भएको छ ।
डा.केसीको सबैभन्दा रुचिको माग काठमाडौँ उपत्यकामा १० बर्ससम्म मेडिकल कलेज खोल्न नपाइने विषयलाई बिधेयकमा समावेश गरिएको छ । हाल मापदण्ड बिपरित र ढङ्गले चलिरहेका मेडिकल कलेजलाई कस्ने गरि बिधेयक ल्याएको छ । बिधेयकमा दश बर्ष पछि चिकित्सा सम्बन्धि शिक्षण संस्थाहरु गैरनाफामूलक र सेवामुखी बनाउने उल्लेख छ । तोकिएभन्दा बढी शुल्क लिए र मापदण्ड नपुगे सम्बन्धन खारेजी गर्ने ब्यबस्था छ । अब ती मनपरी संचालन भएका मेडिकल कलेजहरुले कि सुधार गर्नुपर्नेछ कि खारेज हुन तयार हुनुपर्नेछ । मेडिकल कलेजलाई नियमन गर्ने चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्थाको नियमन र गुणस्तर सुधार गर्न चिकित्सा शिक्षा आयोग स्थापना गर्ने र जस्को अध्यक्ष प्रधानमन्त्री, सहअध्यक्ष स्वास्थमन्त्री रहने र उपाध्यक्ष र सदस्यहरु चिकित्सा शिक्षा क्षेत्रमा बिशिस्ट योगदान गरेका चिकित्सकहरु मध्येबाट अध्यक्षले मनोनित गर्ने र जस्को कार्यकाल ४ बर्ष रहने व्यवस्था बिधेयकमा उल्लेख गरिएको छ ।
यस्तै यसअघि सरकारी मेडिकल कलेजले १०% छात्रवृत्ति उपलब्ध गराउदै आएको थियो भने अब ७५% छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था बिधेयकमा उल्लेख गरिएको छ । त्यस्तै केसिले उठाउदै आएको माग प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गर्ने, सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएको प्रदेशमा ऐन कार्यन्वयन भएको ५ बर्सभित्र सरकारले एउटा सार्वजनिक मेडिकल कलेज अनिवार्य सन्चालन गर्ने, निशुल्क र छात्रवृत्तिमा अध्ययन गरेको बिद्यार्थीले सरकारले खटाए अनुसार सुगम र दुर्गममा एक–एक बर्ष काम गर्नुपर्ने मेडिकल शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकको योग्यता समेत निर्धारण गर्ने कुरा बिधेयमा उल्लेख छ । त्यस्तै बिधेयकमा आर्थिक रुपमा बिपन्न, जेहन्दार, बिद्यार्थीलाई सरकारले निर्धारण गरेअनुसार सहुलियत पुर्ण ऋण व्यवस्था गरिने, मेडिकल कलेजले शुल्क समेत किस्तामा लिनुपर्ने ,पहिलो बर्ष तोकिएको शुल्कको एक तिहाइ बुझाउनुपर्ने ब्यबस्था बिधेयकमा परेको छ।यसअघि मेडिकल कलेजले एकमुष्ट शुल्क लिन्थे जस्ले गर्दा बिपन्न बर्गका गरिव बिद्यार्थीले पढ्न सक्ने अवस्था थिएन अब भने बिपन्न गरिव बिद्यार्थीले पढ्न सक्ने गरि बिधेयक ल्याइएको छ । यसरी आम जनता र गरिव, मजदुर, किसानका पक्षमा ल्याइएको बिधेयक केसि र नेपाली काङ्ग्रेस लाई अपच भएको छ ।
हाल सन्चालनमा रहेका १८ मेडिकल कलेजमध्ये १५ वटा काङ्ग्रेस नेता कार्यकर्ताले चलाएका छन । जसमध्ये अधिकाङ्श ले मापदण्ड पुरागरेका छैनन यसरि ती कलेजहरु धरापमा पर्ने, अब सरकारले खोल्ने कलेज आफ्ना पक्षमा नहुने र ती कलेजहरु सेवामुखि र गैरनाफामुखी नबन्दा काङ्ग्रेसका नेता कार्यकर्ता र स्वयं केसि मारमा पर्नेछ्न जस्का कारण केसि काङ्ग्रेसको गोटि बनेर अनसन तोडेका छैनन यी कुराबाट केसिको उदेश्य सरकारलाई घुडा टेकाउने, आम नागरिक र चिकित्सा शिक्षा सुधारमा नभइ व्यक्त्तिगत स्वार्थ र राजनीतिक गन्ध मिसिएको छ उनको नियत ठिक छैन भन्ने प्रष्ट हुन्छ ।
डाक्टर केसिले पाचौं नम्बर बुदामा द्वन्द्वकालिन मुद्दाको उद्ठान गरेका छन । चिकित्सा शिक्षाको मुदा उअठाएका उनले किन थपे द्वन्द्वकालिन मुदा के यसैलाइ भनिन्छ चिकित्सा सुधारमा सत्याग्रह । फेरि नियतिकै कुरा आउँछ कुन नियतिले राजिनामा माग्दैछन केसि,लोकतन्त्रमा एउटा स्वतन्त्र ब्यक्तीले राजीनामा माग्न नपाइने होइन पाइन्छ तर यतिबेला देशले बल्लतल्ल स्थिर सरकार पाएको छ । रातदिन प्रधानमन्त्री फेरिने रोगबाट बाट मुलुक निको हुन थालेको छ । केसि भने यतिबेला अनसन मार्फत आफ्नो जमात देखाउने शान्तिप्रकृयाका जटिलताभित्र पसेर ध्वङ्श गर्ने त्यही जमात देखाउदै प्रधानमन्त्रीको राजिनामा माग्ने अनि चाहिँ राजनिती गर्दिन भन्ने, आफ्नो कर्तव्य र जिम्मेवारीलाई भुलेर आम नागरिकलाइ दु:ख दिने, स्वास्थ जस्तो संबेदनसिल छेत्रमा हडताल गराउने निशाना बनाउने यदि केसि सरकारको कर्मचारी हुन उनले आफ्नो जिम्मेवारी भुलेर राजनीतिगर्न खोजेका हुन भन्ने स्पष्ट भएन र । केसि ज्युलाइ राजनीति गर्ने भए आफ्नो जिम्मेवारी बाट राजीनामा दिएर मैदानमा आउन आग्रह गर्दछु ।होइन भने किन अनशन बस्ने अधिकान्श माग पूरा भा छन । र पनि किन हड नछोड्ने यस्ले त चिकित्सा शिक्षा देखाउने दात उदेश्य अरुनै भन्ने प्रकट भयो जस्ले मुलुकमा भैरहेको राजनीतिक कोर्सको विरुद्ध, बिकास निर्माण र परिवर्तनका विरुद्ध घृणा फैलाउने नियतिको संकेत स्पष्ट पार्छ नत्र अनशन त्याग्नुपर्छ ।
डाक्टर केसि साच्चिकै आम नागरिक र चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न चाहेका हुन भने अनशन तोडेर चिकित्सा शिक्षा ऐन कार्यन्वयनमा खवरदारी गर्नु केसिको मुख्य कार्यभार हो । तर केसिले चाहेको त्यो रहेनछ भन्ने स्पष्ट हुन्छ । केसिका अधिकांस माग पूरा भएका छन त्यसलाइ त केसिले स्वागत गर्नुपर्छ केसि जस्तो बौद्धिक ब्यक्तिले ब्यक्तिगत अनसन सर्वोपरी हुन्छ भन्ने नबुझेका होइनन । कानुन ऐन राष्ट्रिय आवास्यकताका आधारमा बन्ने हुन एउटा ब्यक्तिको ब्यक्तिगत लाभको होइन । अन्त्यमा भनिन्छ अन्तिम अवस्थामा मानिसले घमण्ड गर्छ जब पतनको बाटो आउँछ मानिसले घमण्ड गर्छ यसैको सिकार हुन गोबिन्द केसि आम नागरिकको समर्थन पाएका केसि यतिबेला देखाएको प्रवृत्तिले गोबिन्द केसि ठिक छैनन उनको दिमाग ठिक छैन भन्ने प्रस्न गुन्जिएका छन, उबको नियतीमा नै शंका छ भन्ने कुरा सरकारको बिरुध गर्ने कसम खाएका बाहेक अरुलाई केसि स्वार्थपरक ब्याक्ती साबित भएका छ्न । केसिले जनतालाइ दुख दिएका छ ती कयौं जनता उपचार नपाएर मर्न बाध्य छन भने एउटा देश बिकास लाई अवरोध गर्ने,जनतालाइ दुख दिने केसि मरे पनि कुनै फरक पर्दैन उनको नियती खराबनै हो भन्ने स्पष्ट हुन्छ ।
सदस्य, अनेरास्ववियु जिल्ला कमिटी
वागलुङ










