मानव सेवा आश्रमलाई कार्पेट सहयोग

बागलुङ, १३ माघ ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका एक परिवारले मानव सेवा आश्रम बागलुङलाई आईतबार २० हजार बराबरको कार्पेट सहयोग गरेका छन् ।
अमलाचौर निवासी सूर्य विश्वकर्मा र रेणु विश्वकर्माले छोरी स्यारोन विश्वकर्माको पहिलो जन्म उत्सवको अवसरमा सहयोग कार्पेट प्रदान गर्नुभएको हो ।
जन्म दिन मनाउन हुने फजुल खर्चलाई मानव सेवामा प्रदान गरेको सहयोगदाता रेणु विश्वकर्माले बताउनुभयो । उहाँले सामाजिक सेवा गर्ने आफुहरुको चाहना रहेकाले आश्रमलाई सहयोग गरेको बताउनुभयो ।
आश्रमको चारकोठे भवनमा आवश्यकता अनुसार राख्न सक्ने गरी ४५ मिटर लामो कार्पेट आश्रमका अभिभावक मनिष रायमाझीलाई हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा रायमाझीले जन्म दिनमा हुने फुजुल खर्च कटौती गरेर मानव सेवामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मानव सेवा आश्रम बागलुङमा अहिले १३ जना वृद्धहरु र ६ जना बच्चाहरु व्यक्तिहरु रहेका छन् ।