पर्यटन प्रबद्र्धनबाटै विहुँको विकास सम्भव छ : वडाअध्यक्ष कंडेल

भरतप्रसद सापकोटा
बागलुङ (विहुँ), ११ माघ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने वडाअध्यक्ष शिवप्रसाद कंडेलले बताउनुभएको छ ।
बिहीबार विहुँमा आयोजना गरिएको सरकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाअध्यक्ष कंडेलले विहुँ लगायत यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु, धार्मिक पुरातात्विक वस्तुहरु, धर्मिक तिर्थस्थलहरु र भौगोलिक विविधता, विभिन्न जातजातिका भाषा संस्कृतिले पर्यटकहरुको लागि मुख्य आकर्षणको केन्द्र बन्न सक्ने बताउनुभयो ।
काठेखोला ५ विहुँमा माघ १२ र १४ गते हुने राष्ट्रियस्तरको पर्यटन मेलामा सवै वडाबासीहरुलाई सहभागि हुन वडाअध्यक्ष कंडेलले आग्रह समेत गर्नुभएको थियो ।


अन्तरक्रियामा बोल्दै पर्यटनका अभियानकर्ता अग्नि कडेंलले यो पर्यटन मेला प्रत्यक्ष रुपमा नै नेपाल पर्यटन वोर्ड, पर्यटन मन्त्रालय, पर्यटन विभाग लगायतहरुक पर्यटन संबन्धित विशेषज्ञहरुको र पर्यटन व्यबसायीहरुको टोली अध्ययनको लागि आउने बताउँदै टोलीले यस क्षेत्रको भौगिलक धार्मिक जातिय भेषभुषा संस्कृति लगायत पर्यटन सम्बन्धि सबै क्षेत्र अवलोकन गर्ने र स्वदेशी तथा विदेशीहरुलई घुम्नको लागि अनुरोध गर्दै विहुँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग पुराउने बताउनुभयो ।
बाग्लुङ जिल्लाको कॉठेखोला गाउंपालिका भित्र विभिन्न पर्यटकिय स्थलहरु भएको जानकारी गराउदै ति स्थलहरुको ब्यापक दृश्यचित्र साथै प्रचार प्रसार गर्न सक्ने हो पर्यटन विकास गर्न कुनै कठिन हुने अन्य सरोकारवालाहरुको भनाई थियो।