बागलुङमा हत्या गरेको आरोपमा ५ जना पक्राउ

बागलुङ, ९ माघ
गत पुष २९ गते मृत फेला परेका बागलुङको तमानखोला गाउपालिका–३ का शिव वहादुर वुडाथोकीको हत्या गरेको आरोपमा प्रहरीले ५ जनाई पक्राउ गरेको छ ।
घटनामा सम्लग्न रहेको आरोपमा बागलुङको तमानखोला गाँउपालिका वडा नं. ३ का २९ वर्षिय पदम बि.क, २० वर्षिय तेजेन्द्र प्रतेल, ४१ वार्षिय मान बहादुर कामी, २८ वर्षिय नर बहादुर सिर्पाली र ३३ वर्षिय देबीलाल टोम्टालाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक चिरनजिवी कोईरालाले जानकारी दिनुभयो । मान बहादुर कामीकी श्रीमतीको मृत्यु भएको १३ औ दिनको राती बुढाथोकीलाई गुराँसको लाठ्ठीले प्रहार हत्या गरेको बताईएको छ । घट्ना ढाकछोप गर्नको लागि मृतकले लगाएको ज्याकेट समेत आगोमा जलाईएको अवस्थामा फेला परेको थियो ।
बुढाथोकी २९ गते साझ घर नफर्केपछी परिवारले खोजी गर्दा ३० गते विहान घर नजिकैको पुल मुनी मृत अवस्था फेला परेका थिए । वुडाथोकीको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।
स्थानिय मनवहादुर श्रीपालीको घरमा किरिया अम्कने दिन भएकोले सोही घरमा घटना घटेको आफन्तले आरोप लगाउदै आएका थिए । घटनाको वारेमा पक्राउ परेकाहरुको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक दीपक रेग्मीले बताउनुभयो ।