बागलुङ उद्योग बाणिज्य संघको सल्लाहकार र उपसमिति चयन

बागलुङ, ८ माघ ।
बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष युवराज राजभण्डारीले बागलुङ उद्योग संघको संस्थागत बिकासको लागि सल्लाहकार प्रेस सल्लाहकार, कानुनी सल्लाहकार गठन गरेको छ ।
बागलुङ उद्योग बाणिज्य संघको सल्लाहकारमा पुर्वअध्यक्ष हरिप्रसाद श्रेष्ठ, शैलेन्द्रकुमार श्रेष्ठ, सुमन शाक्य, शहदेव राजभण्डारी, ध्रुवराज गौतम, बसन्त कुमार श्रेष्ठ, समाजसेवी देबबहादुर श्रेष्ठ, पध्मचन्द्र राजभण्डारी, सुवासचन्द्र राजभण्डारी, जगदीशचन्द्र उपाध्याय, ध्रुवप्रसाद शर्मा, खड्गबहादुर महत, कर्णबहादुर हमाल, निबर्तमान महासचिव दयाराम पौडेल, कानुनी सल्लाहकारमा भुमिश्वर गौतम र प्रेस सल्लाहकारमा राजेशचन्द्र राजभण्डारीलाई चयन गरेको संघका महासचिव नरेश कडेलले बताए ।
यस्तै बागलुङ उद्योग बाणिज्य संघलाई ब्यबस्थित गर्न विभिन्न उपसमिति चयन गरि जिम्मेवारी समेत प्रदान गरेको छ । सुचना, प्रबिधि तथा सिसी क्यामरा ब्यबस्थापन उपसमितिको संयोजकमा रामराज गुरूङ, सदस्यता बृद्धि उपसमितिमा गणेश लम्साल, पर्यटन प्रबर्द्धन संयोजकमा अर्जुन चोखाल, भवन ब्यबस्थापन उपसमिति संयोजकमा राजेश भारी, स्थानीय ब्यबसाय कर समन्वय उपसमिति संयोजकमा बिदेश कुमार श्रेष्ठ, प्रकाशन उपसमितिको संयोजकमा शशिकपुर श्रेष्ठ, महिला उद्यमी समन्वय उपसमितिको संयोजकमा शर्मिला खड्का, एक जिल्ला एक उत्पादन समन्वय उपसमितिको संयोजकमा निलेश राजभण्डारी, बनमा आधारित उद्यमी मुल्य श्रृङखला अभिबृद्दी कोष उपसमिति संयोजकमा टेकबहादुर क्षेत्री, बस्तुगत संघ समन्वय उपसमिति संयोजकमा इन्दमणि पौडल, इकाई बिस्तार समन्वय उपसमिति संयोजकमा करिम दिन मियाँ, कृषि बन घरेलुु उद्योग बिकास समन्वय उपसमिति संयोजकमा नबिन कुमार श्रेष्ठ, गैरसरकारी संस्था समन्वय उपसमिति संयोजकमा राजु खड्का र ब्यबसायी सहयोग समन्वय उपसमिति संयोजकमा हेम खत्रीलाई जिम्मेवारी दिएको अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
बागलुङ उद्योग बाणिज्य संघले चैत्र दशै कालिका भगवती गुठी ब्यबस्थापन समिति र स्थानीय निकायसंग सहकार्य गरेर अगाडि बढ्ने तथा २०७६ सालमा बागलुङ महोत्सब गर्ने समेत निर्णय गरेको छ ।