
अर्जुन कार्की
बागलुङ, ५ माघ ।
बागलुङमा भएको प्रथम संयुक्त चार बाँस्केटबल च्याम्पियनशिपको उपाधि बागलुङ स्पोर्टस क्लबले जितेको छ ।
संयुक्त चार युवा क्लब बागलुङ नगरपालिका-४ उपल्लाचौरले शुक्रबार र शनिबार आयोजना गरेको उक्त प्रतियोगितामा डिग्नीटि कलेजलाई पराजित गर्दै बागलुङ स्पोर्टसले उपाधि जितेको हो ।
फाइनल खेलमा बागलुङ स्पोर्टस क्लबले डिग्नीटि कलेजलाई ६२–३९ नम्बरले पराजित गरेको हो ।

प्रतियोगिताको सेमिफाइनल खेलमा बागलुङ स्पोर्टस क्लब बागलुङले आयोजक संयुक्त चार ‘बि’लाई र डिग्नीटि कलेजले अमर आर्दशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको उपाधि जितेको बागलुङ स्पोर्टस क्लबले १५ हजार रुपैयाँ र उपविजेता डिग्नीटि कलेजले ८ हजार रुपैयाँमा प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी डिग्नीटि कलेजका सुमन पुन भएका छन् । उनले नगद १ हजार रुपैयाँ प्राप्त गरेको क्लबका अध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभयो ।
क्लबले बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरको सामाजिक विकास र खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्य लिएको उपाध्यक्ष सन्दिप कार्कीले जानकारी दिनुभयो ।










