बागलुङमा सवारी दुर्घटना न्यूनिकरणको लागि साधन चालकको स्वास्थ्य परिक्षण

बागलुङ, ३ माघ ।
बागलुङमा सवारी दुर्घटना न्यूनिकरण गर्न सार्वजनिक सवारी साधनका चालकको स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको संयुक्त पहल र धौलागिरी अञ्चल अस्पताल बागलुङको प्राविधिक सहयोगमा जनचेतना जगाउनको लागि सवारी चलाउने चालकको स्वास्थ्य जाँच गर्न सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मीले बताउनुभयो ।
सवारी दुर्घटनाहरु चालकहरुको स्वास्थ्यको समस्याले पनि हुनेभएकाले उनीहरुलाई नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ भन्ने जानकारी गराउने उद्देश्यले नयाँ कार्यक्रमको सुरुवात गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख शुक बहादुर विकले जानकारी दिनुभयो ।
अहिले स्वास्थ शिविरलाई नियमित बनाउने गरी हप्ताको २ दिन दैनिक २ घण्टा चालकको स्वास्थ जाँच गर्ने भएकाले अहिले भइरहेको दुर्घटना कमि आउने विश्वास गरिएको छ ।
अहिले बढ्दै गइरहेको सवारी दुर्घटनालाई कम गर्न सार्वजनिक तथा निजी सवारी चलाउने चालकको स्वास्थ अबस्था के कस्तो छ भन्ने थाहा पाउन स्वास्थ शिबिर आयोजना गरेको धौलागिरि अञ्चल अस्पतालका डाक्टर सन्जु पौडेलले बताउनुभयो ।
अहिले दिनहुँजसो सवारी साधन दुर्घटना हुँदा धनजनको समेत क्षति भइरहेको कारणले पनि ट्राफिक प्रहरीले ल्याएको अभियानलाई नियमित बनाउन सके अहिले भइरहेको सवारी दुर्घटनामा कमि आउन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताउनुभयो ।