
बागलुङ, ३ माघ ।
म्याग्दी जिल्लाको बेनी बजारबाट नारायणघाटको लागि छुटेको बस कुश्मा नगरपालिका–१ मालढुंगामा दुर्घटना भएको छ ।
ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छभने ३२ जना घाईते भएका छन् । दुर्घटनामा तीन जनाको घटनास्थलमै, २ जना धौलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा र २ जना उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीले बताए ।
दुर्घटनामा म्याग्दी पाखापानी–२ का २१ वर्षिय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ की ५५ वर्षिय अमिसरा पुनको घट्नास्थलमै मृत्यु भएको होभने मृत्यु भएका १ जना पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यस्तै पर्वतको जलजला गाउँपालिका–८ का ५० वर्षिय टिके परियार र उनकी श्रीमती ४० वर्षिय सेती परियारको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा र जलजाल–७ का २० वर्षिय जीवन विक र बागलुङ नगरपालिका–४ की ४८ वर्षिय शान्ति केसीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते हुनेहरुमा कालिकोट जिल्ला महाबले गाउँपालिका—का ५२ वर्षीय रजबहादुर सिंह, पर्वत जिल्ला जलजला—८ का १३ वर्षीय विक्रम रेग्मी, सोही स्थानका ३१ वर्षीया कमला रेग्मी, उमेर नखुलेका कुसल रेग्मी, कास्की पोखरा महानगरपालिका—३३ की ३० वर्षीय लक्ष्मी बोहोरा, सोही ठाउँका ११ वर्षीय दिपीका बोहोरा, म्याग्दी बेनी नगरपालिका—८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही स्थानका उमेर नखुलेका जितेन्द्र विक, कास्की अन्नपूर्ण गाउँपालिकाकी २८ वर्षीया चन्द्रा आचार्य, सोही ठाउँका वर्ष ३ का शंकर पौडेल, पर्वत जलजला—८ का वर्ष ९ की प्रवेशिका पौडेल, सोही ठाउँका ७ वर्षका प्रमाण पौडेल, पर्वत जलजला—७ की ३२ वर्षीया विशमाया पुन, पर्वत जलजला—७ का ५२ वर्षीय उद्वीर तिलीजा, चितवन बस्ने ४३ वर्षीय रोहिनी प्रसाद आचार्य घाईते भएका छन् ।
म्याग्दी बेनी नगरपालिका—७ का ६८ वर्षीय टेकबहादुर पुन, सोही स्थानकी ५६ वर्षीय हिमकला रेग्मी, सोही स्थानकी ६३ वर्षीय सुन्दरी पौडेल, पर्वत जलजला—७ का २२ वर्षीय कमल पौडेल, सोही स्थानका बालकृष्ण पौडेल, चितवन भरतपुर—४ की पूर्णकला बस्नेत, पर्वतका ४१ वर्षीय राजन सापकोटा, पर्वत धाईरिङका ५५ वर्षका मानबहादुर गुरुङ, पर्वत जलजला गाउँपालिकाका—८ २७ वर्षीय देविलाल नेपाली, सोही स्थानका २७ वर्षीय दिपक परियार, सोही स्थानका ४२ वर्षीय कृष्ण पौडेल, जलजला—५ की ३५ वर्षीय तुलसी सुवेदी, म्याग्दी बेनी नगरपालिका—७ का ६४ वर्षीय तेजनाथ पौडेल उनी श्रीमती ३९ वर्षीया मन्दिरा पौडेल घाईते भएका छन् । यस्तै बसका चालक कुस्मा नगरपालिका—९ का ३५ वर्षीय रमेश पराजुली पनि गम्भीर घाईते भएका छन् । घाईतेहरु मध्ये २ जनालाई हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल काठमाडौंमा लगिएको छ । ७ जनालाई भने नेपाली सेनाको हेलिकप्टर मार्फत छाउनी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । चालक सहित कुल ३९ जना सवार रहेकोमा ७ जनाको मृत्यु भएको छ भने बाँकी ३२ जना घाईत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी रेग्मीले बताए ।
बस तीब्र गतिमा भएका कारण दुर्घटना हुन पुगको यात्रुहरुले बताएका छन् । ‘बसमा क्षमताभन्दा बढी यात्रु थिए,’ घाईते रजबहादुर सिंहले भने–‘क्षमता भन्दा बढि यात्रु र तिब्र गतिका कारण दुर्घटना भएको की भन्ने लाग्छ । तीब्र गतिसंगै बसको प्राविधिक समस्याले पनि दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी भुवनेश्वर तिवारीले बताए । डिएसपी तिवारीले घटनाको अनुसन्धान जारी छ रहेको र अनुसन्धान पूरा भएपछि मात्र भन्न सकिने बताए ।










